Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

भारतमा यसरी आतंक मच्चाउदैछ कोरोनाको भस्मासुरले


२०७८ बैशाख १६ गते , विहीवार प्रकाशित

uploads/media/

यतिबेला भारतका कोरोना महामारी चरम सीमामा पुग्न थालेको देखिदैछ । दिनदिनै जसो ३.३०लाखभन्दा बढी मानिस यसबाट संक्रमित हुनु र ३ हजारभन्दा बढीको मृत्यु हुुनुले यो प्रष्ट हुन्छ । यसका अनेक कारणमध्ये एउटा प्रमुख कारण अस्पतालहरुमा अक्सिजनको कमी हुनुलाई बताइएको छ । भारतका १२ वटा राज्यमा अक्सिजनको कमी भएको औंल्याइएको छ । ती राज्यहरु हुन् – महाराष्ट्र, गुजरात, कर्नाटक, उत्तर प्रदेश, दिल्ली, छत्तिसगढ, केरल, तमिलनाडु, पञ्जबा र हरियाणा । यतिबेला भारतमा उडिसा एउटा प्रान्तमा मात्र अक्सिजन आवश्यकताभन्दा बढी उत्पादन भएको राज्यमा दरिन पुगेको  छ, जसले अन्य राज्यहरुमा अक्सिजन आपूर्ति गरिरहेको  छ । हुन त केरल पनि पहिला अक्सिजनमा अतिरिक्त उत्पादन भएको राज्य मानिएको थियो । तर अब त्यो हैसियतबाट खस्किएको उल्लेख गरिन्छ ।

भारतमा दैनिक कूल ७५००० मिलियन टन अक्सिजनको उत्पादन हुने गर्दछ । त्यसमध्येमा ६६०० मिलियन टन देशका बिभिन्न अस्पतालमा पठाइने गरिएको तथ्यांक छ । अनि बाँकी उद्योगधन्धाको क्षेत्रमा आपूर्ति गर्ने गरिएको बताइन्छ । यस्ता मेडिकल अक्सिजन उत्पादकहरुमा इन्याक्स एयर प्रडक्ट्स, लिण्डे इडिया, मर्सिडिज गोयल एमजी ग्यासेज प्राइभेट लिमिटेड र नेसलन अक्सिजन लिमिटेड रहेका छन् । यीमध्ये इन्याक्स दैनिक २००० टन उत्पादन क्षमता भएको सबैभन्दा ठूलो अक्सिजन उत्पादक कम्पनी मानिएको छ । प्रायजसो अधिकांश अक्सिजन उत्पादक कम्पनीहरु भारतको पूर्बी राज्यहरु देखिन्छन् अनि तिनको अधिकांश उपभोग  भने पश्चिमी राज्यहरुमा हुने गरेको पाइन्छ । आज महाराष्ट्र र दिल्ली जस्ता समृद्ध मानिएका राज्यहरुमा अक्सिजनको कमीले त्यहाँका राज्य सरकारहरुको स्वास्थ्य सेवाप्रतिको उदासीनतालाई दर्शाइरहेको अहिले चर्चा छ। ती दुबै राज्यमा सरकारी र नीजी ठूल्ठूला अस्पतालहरु छन् तर हुनै पर्ने  अक्सिजन उत्पादन प्लाण्ट भने धेरै कम अस्पतालहरुमा मात्र रहेका छन् । ज्ञातब्य छ कि त्यस्ता अक्सिजनका प्लाण्टहरु त्यत्तिका धेरै खर्चिला पनि हुँदैनन् । न तिनका लागि धेरै भूभागकै आवश्यकता पर्दछ । 

कोरोनाको पहिलो चरणदेखि नै वास्तवमा यसको अनुमान भइसकेको थियो कि यस महामारीका बेला अक्सिजन एउटा जीवनदायिनी तत्व हुन गएको छ । त्यसैले यसको कमीले नागरिकको ज्यान जान सक्तछ । अहिले पछिल्ला घटनाहरुले यो साबित पनि भइरहेको छ । त्यहाँका गंगाराम तथा जयपुर गोल्ड जस्ता अस्पतालहरुमा १ दिनमा २०भन्दा बढीको मृत्यु अक्सिजनको कमीले भएको देखियो । भारतभरमा त्यस्ता कति अस्पताल होला जसमा अक्सिजन समयमा नपुग्नाका कारणले कोरोना बिमारीहरुले ज्यान गुमाउन परेको होस् । दिल्ली उच्च न्यायालयले हालै दिल्ली सरकारलाई ‘शोर मच्चाउने बेबी’ भनिदियो  अक्सिजनको पूर्तिका प्रति दिल्ली सरकार त्यत्तिको सजग रहेको पाइएन जत्तिको उसले मोदी सरकारको आलोचना गर्न र छिमेकी राज्यहरुमा आपूर्ति गर्नमा बाधा दिनका लागि दोषी ठहराउनमा लगाएको देखियो । अन्ततः हजारौ रोगीहरुको जीवनसँग खेलबाड गरिसकेपछि बल्ल दिल्ली सरकराले मेडिकल अक्सिजनका ४४ वटा प्लाण् खडा गर्ने निर्णय लिएको छ । त्यसका लागि घंसबाट प्लाण्ट आयात गर्ने निर्णय पनि लिइसकेको छ । अक्टोबर २०२० मा जतिबेला कोरोना महामारी पहिलो चरणको चरम स्थितिमा पुगेको थियो त्यतिबेला भारतको केन्द्र सरकारले १६२ पिएसए अक्सिजन प्लाण्ट लगाउने टेण्डर निकालेको थियो । तीमध्ये ३३ वटा प्लाण्ट मात्र अहिलेसम्म खडा भएका छन ।


भारतको स्वास्थ्य तथा परिबार कल्याण मन्त्रालय अन्तरगत स्वायत्त सेण्ट्रल मेडिकल सर्भिसेड सोसाइटीलाई यो काम दिइएको थियो र त्यस्ता प्लाण्टहरु ठूला अस्पतालहरुमा लगाउनु पर्ने थियो । जसबाट तिनलाई आफ्नो आवश्यता अनुरुप अक्सिजन निरन्तर आपूर्ति भइरहन्थ्यो । ती प्लाण्टहरुको उत्पादन क्षमता ८०५०० लिटर प्रति मिनट हुनुपर्ने थियो । त्यस्ता १४० प्लाण्टहरुका लागि केवल एकै भेण्डरलाई ठेक्का दिइएको थियो । जसले अस्पताल र सरकारको सहयोग प्राप्त नभएको बहाना बनाएर काम पूरा गर्न अस्वीकार गरिदियो । के पनि भनिन्छ भने कतिपय अस्पतालहरुले त्यस्ता प्लाण्टहरु नै लगाउन चाहदैनथे । बाहिरबाटै किन्दा उनीहरुलाई लाभ भइरहेको थियो । स्थानीय प्रशासन र अधिकारीहरुको साँठगाँठ बिना त्यस्तो स्थिति नैउत्पन्न हुनसक्तैनथ्यो । जुन जुन अस्पतालहरुमा यस्ता प्लाउण्ट लगाउनका लागि मनाही गरेका थिए या सहयोग गरेका थिएनन् अहिले तिनका जबाफदेही निर्धारण गरिनु पर्ने कुरा उठिरहेको  छ । यस्ता प्लाण्टहरु दिल्लीमा ८ वटा लगाउनु पर्ने थियो तर दिल्ली सरकारको सहयोगमा केवल एउटा प्लाट मात्रै लागेको थियो ।अक्सिजनको कमीले दिल्लीमा यतिबेला जुन गम्भीर स्थिति छ यदि आठवटै प्लाण्ट समयमै लगाएको भए त्यस्तो भयावह स्थिति खडा हुने थिएन । यस जिम्मेवारीबाट दिल्ली सरकार मुक्त हुनसक्ने देखिदैन । त्यसमाथि कालोबारी अक्सिलन आपूर्ति कमीको अकोृ महत्वपूर्ण कारक मानिदै छ । कालो बजारीमा भारतमा अक्सिजन सिलिण्डरको मूल खरिद मूल्यभन्दा कयौ गुणामाथि आकाशिन्छ । आपूर्ति गर्ने ट्यांकर र यातायातको अब्यबस्थाले पनि समयमा अस्पतालहरुमा अक्सिन नपुगको यथार्थ पनि प्रकट भइरहेको छ । अहिले आएर सरकारले बल्ल केही ठोस कदम उठाएको र अक्सिजन एक्सप्रेस चलाएको छ  जसले गर्दा भारतका ठूला अस्पतालहरुमा अब अक्सिजनका ट्यांकरहरु पुग्न थालेका छन् । त्यस्तो पहिलो अक्सिजन एक्सप्रेस  रेल मुम्बईदेखि बिशाखापट्टमसम्म चलेको छ । त्यसयता भारतका बिभिन्न भागलाई अक्सिजन एक्सप्रेस जोडिएको छ । सडक मार्गभएर अक्सिजन ल्याउने लाने टयांकरका सबै बाधा ब्यवधानहरु हटाइएको छ । कुनै राज्यले पनि त्यस्ता ट्यांकरहरुलाई कुनै कारण देखाएररोक्न पाउने छैनन् ।  भारतीय हवाई सेनाका जहाजहरुले पनि ठूल्ठूला त्यस्ता ट्यांकरहरुलाई भारतका बिभिन्न ठाउमा लैजान थालेको बताइदैछ । भारतको रक्षा क्षेत्र र सार्वजनिक उद्योगहरु,अर्डिनेन्स फ्याक्ट्री बोर्ड, हिन्दूस्तान एरोनटिक्स लिमिटेड तथा डीआरडीले पनि यतिबेला अस्पतालहरुमा अक्सिजन आपूर्तिका लागि सहयोग पुर्याइरहेका बताइएको  छ। 

यतिबेला भारतर सरकारले अक्सिजनको कमीलाई हटाउनका लागि गएको २६ अप्रिलका दिन निकै महत्वपूर्ण घोषणा पनि गरेको छ । जस अनुसार अब भारतमा ५५१ पीएसए मेडिकल अक्सिजन उत्पादक प्लाण्टहरु सरकारी स्वास्थ्य सुबिधा केन्द्रहरुमा खडा गरिनेछन् । सबै जिल्लाका मूख्यालयहरुमा कम्तिमा पनि एउटा एउटा यस्ता प्लाण्टहरु खडा गरिने छ । त्यसको ब्यवस्थापन स्वास्थ्य तथा परिबार कल्याण मन्त्रालय अन्तरग हुने भनिएको  छ।आवश्यक धनराशी प्रधानमन्त्री केयर फण्डले बिनियोजन ागर्ने बताइएको  छ । भनेजसरी ती प्लाण्टहरु खडा भएमा भारतमा मेडिकल अक्सिन उत्पादन क्षमता १४.४ मेट्रिक न प्रतिदिन हुन जाने बताइएको  छ । अहिले भारत सरकराले ५०००० टन अक्सिजन आयात गर्ने पनि निर्णय लिएको  छ । अब नीति बदलेर अक्सिजन उत्पदन बिकेन्द्रित गर्ने पनि बताइदैछ । जसले गर्दा राज्य सरकारहरुले केन्द्र सरकाको सहयोगमा राज्यका सबै ठूला अस्पतालहरुमा अक्सिजन प्लाण्ट लगाउन र आपूर्ति गर्न सक्ने र भबिष्यमा अहिलेको जस्तो आपत परेको बेला अक्सिजनको कमी नहुने पनि बताइदैछ । अखिल भारतीय आयुर्विज्ञान संस्थान र केन्द्र शासित क्षेहरुका अस्पतालहरुमा मेडिकल अक्सिजनको उतपादनलाई केन्द्र सरकारले आफ्नो हातमा राख्ने कदम पनि चालिन थालेको  छ। यो अक्सिजन प्लाण्ट लगाउन ठूलो खर्च र जटील प्रबिधिको पनि आवश्यकता नपर्ने भएकोले नयाँ उद्यमीहरुलाई अक्सिजन प्लाण्ट लगाउन प्रोत्साहन गरिने र यसबाट रोजगारी बृद्धिकासाथै अक्सिजन उत्पादन पनि फस्टाउने अपेक्षा गर्न थालिएको  छ। कोरोनाले स्वास्थ्य सेवालाई नै चूनौति दिएर भारतको स्वास्थ्य प्रबन्ध चर्मराइरहेको बेला यी कदमहरुले भावी दिनमा मद्दत पुग्ला नै तर बर्तमान स्थितिमा भने कोरोनाको कहरले मच्चाउनसम्म उत्पात मच्चाइदिएको छ र सरकारको स्थिति कति नाजुक रहेछ भन्ने कुरा नराम्रोसँग औंल्याइदिएको  छ।



सम्बन्धित समाचार


Leave a Comment