Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

चन्द्रागिरि साकोसले सदस्यको सिप पहिचान गरि स्वरोजगार बन्न सघांउर्ने


२०७८ बैशाख १६ गते , विहीवार प्रकाशित

uploads/media/

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सिप पहिचान फारम भर्न अनुरोध गरेको छ । संस्थाले सदस्य तथा समुदायका व्यक्तिहरूमा रहेको विभिन्न सिपको पहिचान गरी सोको रोष्टर तयार पार्न लागि फारम भर्न लागिको जनाएको छ ।सदस्यको सिप पहिचान गरी आवश्यकता अनुसार  प्रवद्र्धन र बजारिकरण गर्न सहयोग गर्ने भएकोले आफूसंग भएको सिप दर्ता गर्न संस्थाले भनेको छ ।

संस्थाले सिप पहिचान फारमको निर्माण गरेकोले उक्त फारम भरी आफ्नो सिपको जानकारी दिएर व्यबसायी र उद्यमी बन्न समेत सदस्यलाई आग्रह गरेको छ ।घरमा  बसी यो फारम भरौं,स्वरोजगारको लागि सिप दर्ता गरौं  भन्दै संस्थाले सदस्यहरुलाई फारम भर्न अनुरोध गरेको छ ।


सम्बन्धित समाचार


Leave a Comment