Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

निषेधाज्ञा अवधिभर नर्भिक अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिने


२०७८ बैशाख १५ गते , बुधवार प्रकाशित

uploads/media/

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क उपलब्ध गराउन लागिएको हो ।

स्वास्थ्यमा गम्भीर समस्या आई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बुलेन्स पठाउनुका साथै बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइने अस्पतालले जनाएको छ । 

एम्बुलेन्सको सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्नेछ । सो जानकारी पाएलगत्तै अस्पतालले समस्यामा परेका बिरामीहरुको उद्धार गर्ने जनाइएको छ । 

यो सुविधा काठमाण्डौ उपत्यकाका बिरामीका लागि मात्रै उपलब्ध हुने कार्यकारी निर्देशक सिंहले जानकारी दिए । 


सम्बन्धित समाचार


Leave a Comment