Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

सहकारी बैंकले बढायो नाफा, गत आ.व. को तुलनामा ६९ प्रतिशतले बृद्धि


२०७८ बैशाख १४ गते , मंगलवार प्रकाशित

uploads/media/

मुलुक भरका सहकारीहरुको एक मात्र  बैंकको रुपमा आफ्ना सदस्यहरुलाई  बितीय सेवा दिदै  आएको राष्ट्रिय सहकारी बैंकले  यस आबको चैत्र मसान्तसम्म आउदा उल्लेख्य नाफा कमाउन सफल भएको छ ।  बैंकको चालु आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही त्रैमासीकको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो ।

हालको नाफा अघिल्लो आर्थिक वर्षको त्रैमासीकका तुलनामा करिब ६९ प्रतिशतले बढी रहेको देखिन्छ । बैकको प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेको छ, भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रहेको थियो   ।

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बैकको शेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । बैको जगेडा कोषमा  ९१ करोड ३४ लाख ७५ हजार रहेको छ ।बैकले १३ हजार २ सय ८ सदस्यहरु रहेको बैकको ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिदै आएको  छ ।  सहकारी संघसंस्थाहरुलाई दिने सेवामा संधै अब्बल रहेको बैकले नाफामा पनि   बृद्धि गर्न सफल  बैंकको अध्यक्ष के.बी. उप्रेतीले बताए ।


सम्बन्धित समाचार


Leave a Comment