Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

गोरु चोरी पैठारी गर्ने तीनजना पक्राउ


२०७८ बैशाख ९ गते , विहीवार प्रकाशित

uploads/media/


शहबाज खान । कपिलबस्तु

आज मिति २०७८ बैशाख ९ गते अंन्दाजी .बिहान ०३ः३५ बजेको समयमा जिल्ला कपिलवस्तु कपिलबस्तु नगरपालिका वडा नं.६ गोबरी स्थित तौलिहवा ४ नंवर सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १४ बस्ने बर्ष ३१ लक्ष्मण दमाईले हाकी लैजादै गरेको ना.६ख. ५७१२ नं.को ट्रक रोक्न खोज्दा रोकिएन ।


 त्यसलाई   रोक्ने क्रममा भाग्न खोजेको हुँदा थप प्रहरी टोली समेत  परिचालन गरी उक्त ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सो ट्रकमा २९ वटा गोरु फेला परेकोमा  निज चालकसँग सोधपुछ गर्दा भेटेरेनरी लगायतका कुनै पनि कागजात साथमा नबोकेको र ती गोरु भारतबाट अवैध पमा भन्सार छली चोरी पैठारी गरी ल्याएको भन्ने बुझिएको हुँदा उक्त ट्रकका चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१४ बस्ने बर्ष ३१ को लक्ष्मण दमाई ( चालक ) ऐ.ऐ. बस्ने बर्ष २१ को सुदिप भट्टराई (सहचालक )ऐ.गढिमाई गा.पा.वडा नं.३ बस्ने बर्ष २० को बिशाल स्याङताङ (सहचालक) तथा अं रु २०,७०,०००।–(बिशलाख सत्तरी हजार) बराबर पर्ने ट्रक  गोरु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आजै पशु क्वारेन्टाईन चेकपोष्ट कृष्णनगर कपिलवस्तु पठाईएको

सम्बन्धित समाचार


Leave a Comment