Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

कुल १८२ अर्ब वैदेशिक लगानी भित्रियो, सबैभन्दा बढी भारतबाट


२०७८ बैशाख ९ गते , विहीवार प्रकाशित

uploads/media/

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा नेपालमा कुल १८२ अर्ब, ९१ करोड ९६ लाख वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी ८.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकल बैंकले हालै सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी स्थलगत सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।

२०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड रुपैयाँ लगानी आएको छ । दोस्रोमा चीन रहेको छ । चीनबाट २७ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ भने सेन्ट किष्टस् एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको देखिन्छ । सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिन्छ । त्यसै गरी, औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी रहेको देखिएको छ ।

सम्बन्धित समाचार


Leave a Comment