Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

रिलायबल इन्स्योरेन्सले दियो वीमा बापतको चार करोड भुक्तानी


२०७८ बैशाख ९ गते , विहीवार प्रकाशित

uploads/media/

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले  चार करोड भुक्तानी गरेको  छ । कञ्चनपुरका हरि पन्तले २०७६ साल असोजमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भएको थियो। 

मृतककी श्रीमती पारुदेवि पन्तलाई कम्पनीको नियम अनुसार एक कार्यक्रमको आयोजना गरेर बीमा बापतको रकम चार करोडको चेक हस्तान्तरण गरिएको हो । बीमा भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, बीमा समितिको कार्यकारी निर्देशक राजु रमन पौडेल लगायतको उपस्थित रहेको थियो ।

बीमा रकम भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आम नागरिकमा बीमा रकम भुक्तानी गर्दैन भन्ने अविश्वासलाई यसले   तोडेको बताए ।  


सम्बन्धित समाचार


Leave a Comment