Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

नेपालपत्र ३०औं वार्षिकोत्सवमा पुग्दाको संक्षिप्त सिंहावलोकन


२०७८ बैशाख ६ गते , सोमवार प्रकाशित

uploads/media/

नेपालपत्र २०७८ बैशाख ५ गतेदेखि प्रकाशनको ३०औ बर्षमा प्रबेश गरेको छ । यस ऐतिहासिक पत्रिकाको आरम्भ भने कमरेड पुष्पलालले प्रबासबाट २० को दशकमा दर्ता गरेर नै विधिवत  गर्नु भएको थियो । उहाँले नेपालीमा नेपालपत्र र अग्रेजी भाषामा नेपाल ट्रिब्यून पत्रिका शुरु गरेर नेपाली जन आन्दोलनलाई सही दिशा र गति दिन आरम्भ गर्नु भएको थियो। तर अर्थाभाव लगायतका कारणले नेपालपत्र केही अंक र ट्रिब्यून दुइ अंकभन्दा बढी प्रकाशन हुन सकेनन्  । ३० को दशकमा नेपालपत्र सामयिक बुलेटिनकोरुपमा एउटा सैद्धान्तिक बैचारिक सम सामयिक पत्रिकाकोरुपमा प्रकाशित भयो । तर त्यतिबेलमा पनि नियमित हुन सकेन ।


देशमा सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्थाको अन्त्य र बहुदलको स्थापना पछि २०४८ बैशाख ५ गतेदेखि बिधिवत दर्ता भएर नेपालपत्र प्रकाशन शुरु भएको हो । त्यस यता पनि चल्दै रोकिदै गर्न बाध्य भएको यो पत्रिका २०६६ यता भने रंगीन कलेबर र नयाँ साजसज्जामा चल्दै आएको छ र यसरी यो पत्रिकाले  तीन दशक पार गर्न लागेको छ । यस अवसरमा नेपालपत्रका लेखक, पाठक, पाठक शुभचिन्तक, सहयोगी, बिज्ञापनदात यसको सम्पादन, प्रकाशन, बितरण सहयोगी सबैलाई नेपालपत्रको प्रधान सम्पादकको तर्फबाट हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दै यता पछिल्लो समय एउटा अर्थ–राजनीतिक पत्रिकाकोरुपमा यसको सञ्चालन भइरहेको यथार्थ पनि सबैका सामु छर्लंंगै छ ।

नेपालपत्रले आफ्नो आरम्भदेखि नै अनेक चूनौतिहरुको सामना गर्दै आउनु परेको छ । यसप्रति सामन्ती अधिनायबादी पञ्चायती ब्यगवस्थाको कुदृष्टि त पहिलादेखि नै परेको थियो नै । तर बहुदलीय प्रणालीपछि पनि यसमाथि हमला, अबरोध र परोक्ष तथा प्रत्यक्षरुपमा समेत आर्थिक नाकाबन्दी समेत हुँदै आयो । पछिल्लो समयमा त प्रेस काउन्सिलले आफैले ‘क’श्रेणीमा राखेको यस पत्रिकालाई आधारहीन र अप्रमाणित फत्तुर लगाउँदै ‘घ’श्रेणीमा झारेर घोर अमान गर्यो । त्यसमा यसको इतिहासदेखिकै पूर्बाग्रह बाहेक अरु कुनै कारण छैन भन्ने कुरा प्रष्ट छ । 

यतिबेला नेपालपत्र मासिक मेगाजिनकोरुपमा चलेको छ भने नेपालपत्र न्यूज डट कम अनलाइनकोरुपमा पनि सञ्चालित छ । नेपाली सञ्चार जगतमा मूलतः एउटा मिशन पत्रिकाको रुपमा चलेको र बाम तथा लोकतन्त्रिक शक्तिहरुले देश र जनताप्रति समपिर्त आफ्नो निष्ठा, त्याग र इमानदारीतालाई कायम राख्नु पर्ने कुरामा जोड दिने र त्यसो नहुँदा आलोचना र खबरदारी गर्ने यसको घोषित उदेश्य नै हो । यस कुरामा जुनसुकै आकार प्रकार र रुपमा भए पनि यो अबिचलित रहँदै आएको छ । ३०औं  बार्षिकोत्सवको बेला पनि यो पत्रिकाले आफ्नो त्यही प्रतिबद्धतालाई पुनः जोडदाररुपमा दोहोर्याउँदछ र आमूल अर्थ–सामाजिक रुपान्तरणको मूलबाटोमा निरन्तर हिड्न् अठोट पुनः गर्दछ ।

सम्बन्धित समाचार


Leave a Comment