Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

एम.सी.सी. संझाैतालाई संसदमा प्रवेश नगराउन २३ दलको चेतावनी !


२०७८ बैशाख ३ गते , शुक्रवार प्रकाशित

uploads/media/


कार्यगत एकतामा रहेका २३ दलको तर्फबाट हजाे  एक बक्तब्य प्रकाशित गर्दै देजमोका अध्यक्ष सीपी गजुरेलले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदको कार्यसूचि नबनाउन र यो सम्झौता खारेज गर्न पुनः माग गरेका छन् । 

उक्त बक्तब्यमा भनिएको छ 

देशमा संकटको स्थिति पैदा भएको मौका छोपी राष्ट्रघाती एम.सी.सी.सम्झौता संसदबाट पारित गराउन केही तत्वहरु पुनः सकृय भएका छन् । विगतमा पनि त्यस किसिमका प्रयास भएका थिए र हामीले त्यसका विरुद्ध गरेको संघर्षले सार्थक भूमिका खेलेको कुरा जग जाहेरै छ । आज पूनः त्यस्तै अवस्था सिर्जना गर्ने दुस्प्रयास भैरहेको छ । उक्त राष्ट्रघाती एम.सी.सी. सम्झौता खारेज हुनु पर्छ भन्ने हाम्रो माग कायमै छ । यो विषयलाई कुनै पनि शर्तमा संसदको कार्यसूचिमा नराखियोस् भन्ने हामी २३ दलीय कार्यगत एकतामा आवद्ध संगठनहरु जोडदार माग गर्दछौं । उक्त माग प्रति बेवास्ता गरियो भने वाध्य भएर हामी सडक संघर्षमा उत्रनै पर्ने छ । त्यो अवस्थाको सिर्जना नगर्न सरकार र संसदलाई समयमै सचेत गराएका छांैं ।


कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु


. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा,नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा(माओवादीकेन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी, ११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज,

१८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. मार्क्सवादी एकता अभियान, २०. नेकपा (मार्क्सवादी), २१. नेकपा मार्क्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।





सम्बन्धित समाचार


Leave a Comment