Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

यो नयाँ बर्षले........


२०७८ बैशाख २ गते , विहीवार प्रकाशित

uploads/media/


सिर्जना शर्मा


यो  नयाँ  बर्षले

सबै औसरवादीहरुलाई 

परास्त गर्न प्रेरणा देओस् 

पाखण्डीहरुलाई 

भण्डाफोर गर्न 

मद्दत गरोस् 

धोकेबाजहरुलाई 

धिक्कारेर सधै 

सावधान बन्न 

सचेत गराओस् 

देश र जनता

लुट्नेहरुलाई 

नाङ्गेझार पारेर

चिनाइदेओस् ! 

यो नयाँ बर्षले 

जनतालाई 

आफ्ना हक अधिकारप्रति

अझ सजग बनाओस् 

राष्ट्र, राष्ट्रियता र जनतन्त्र

जन जीविका र स्वाधीनता 

सबल पार्न सिकाओस् 

शोषित पीडित जनताको 

निरन्तर एकताको 

खोजी गरोस् 

जनतामा अदम्य 

शक्ति र ऊर्जा 

पैदा गरोस् ! 

यो नयाँ बर्षले 

बिपन्नता बिभेद

अशिक्षा र गरीबी

असुरक्षा र बेरोगारी

किन सिर्जित छन् 

यथार्थ बताइदेओस् 

तिनको निराकरणका

प्रष्ट र उपयोगी 

उपायहरु निकालिदेओस् 

केवल मानिस 

मानिस मात्र भएर बाच्ने

बाटो बताइदेओस् ! 


यो नयाँ बर्षले 

सबै अमानबीयताका 

श्रोतहरुलाई 

निमिट्यान्न पार्ने 

सबै अशान्तिका 

आधारहलाई 

समूल नष्ट गर्ने 

सबै अन्यायका

श्रृंखलाहरुलाई 

समाप्त पार्ने 

मार्गचित्र 

कोरिदेओस् र 

यसरी 

एउटा सुन्दर 

संसारको ढोका 

खोलिदेओस् ! 

रुकुम ,पश्चिम



सम्बन्धित समाचार


Leave a Comment