Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

१४ जिल्लालाई अति प्रभावित घाेषित, जनस्वास्थ्य सतर्कता अपनाउन अपील


२०७८ बैशाख २ गते , विहीवार प्रकाशित

uploads/media/

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित जिल्ला किटान गरी सतर्कता अपनाउन अपील गरेको छ ।  

काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,चितवन, बाँके, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने परिस्थिति आइसकेको मन्त्रालयले जनाएको छ ।  विद्यालय, रात्री व्यवसाय, रात्रीकालिन रेष्टुरेन्ट होटल, खेलकूद, सार्वजनिक पुजाआजा, जात्रापर्व, मेला, सभासम्मेलनमा सकेसम्म उपस्थित नहुन र त्यस्ता स्थानमा जनस्वास्थ्यका मापदण्ड परिपालन गर्न अपील गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानिसको भिडभाड हुने सार्वजनिक स्थानहरूमा बेलुका सात बजेपछि सहभागी नहुन अनुरोध गरेको छ।

जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन विपद व्यस्थापन इकाईको तर्फबाट अनुरोध गरिएको हो।

मन्त्रालयले यसअघि ठूला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ। घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ।

छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या ह्वातै बढेको कारण पनि देशभर थप सुरक्षा सतर्कता अपनाइएको छ। 



सम्बन्धित समाचार


Leave a Comment