Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

नायब सुब्बाहरू नै सिंहदरबारमा प्रदशर्नमा निस्के : प्रहरीले लियाे नियन्त्रणमा


२०७८ बैशाख २ गते , विहीवार प्रकाशित

uploads/media/

काठमाण्डाै । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारी-मैत्री नभएको कुरा अघि सार्दै सिंहदरबारभित्रै कार्यरत नायव सुब्बाहरु आन्दोलित भएर प्रदशर्नमा निस्केका छन् । 

उनीहरू संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरुमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरुले सिंहदरबार भित्रै  बिराेध प्रदर्शनमा निस्केका हुन् । राजपत्र अनङ्कित तृतिय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्धितिय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग उनीहरुको रहेको नायव सुब्बा श्रीराम पौडेलले बताएका छन् ।

त्याे प्रस्ताबित निजामती सेवा ऐनले कर्मचारीहरुको मनोबल घटाउने मात्र नभई उनीहरू हित विपरीत भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायव सुब्बा लक्ष्मीप्रसाद शर्माले  खुलस्त पारे । प्रस्तावित ऐनमा कर्मचारी-मैत्री निजामति सेवा नभएको समेत उनकाे दाबी थियाे ।

त्यस ऐनले कर्मचारीहरुको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरुलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागि नायव सुब्बा लक्ष्मण गुरागाँईले बताएका छन् ।

आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने मागलाई सरकार, संसद र सांसदहरुले सम्बोधन गर्नुपर्ने अर्का नायव सुब्बा सुष्मा थापाले बताएकी छन्

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीहरुले ‘हामी अधिकार भन्दापनि न्याय माग्न आएका हौँ’, ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, ‘गिराएर मनोबल ! कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनङ्कित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’ लगायतका प्लेकार्ड बोकेका थिए ।

यसैगरी प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारावाजी समेत गरेका थिए । माग पुरा नभएसम्म आफुहरुको आन्दोलन जारी रहने नायव सुब्बाहरुले बताएका छन् ।

सम्बन्धित समाचार


Leave a Comment