Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

काेराेना भारतबाट प्रबेश गर्नेमा धेरै देखियाे


२०७८ बैशाख २ गते , विहीवार प्रकाशित

uploads/media/


धनगढी । भारतबाट फर्किनेहरूमा सुदूरपश्चिम प्रदेशमा  कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको समाचार छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न शहरबाट काम गरेर फर्किरहेका नेपाली श्रमजीबीहरूमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको छ । यतिबेला कैलालीकाे गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये आठ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको बताइएकाे छ ।

तीमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजाे दिउँसो सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका हुन् ।

गत चैत २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित बिकले  बताएकाे समाचार हिजाेकाे गाेरखापत्रमा छ  । 

सम्बन्धित समाचार


Leave a Comment