Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

लघु अमृत म्यादी बीमा दाबी भुक्तानी


२०७७ चैत्र २६ गते , विहीवार प्रकाशित

uploads/media/

महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम रु. ६ लाख ७ हजार पाँच सय मात्र हकवालालाई हस्तान्तरण गरिएको छ ।

थाहा नगरपालिका वार्ड नं. १० का स्व. बिष्णु मगर र वार्ड नं. १ निवासी स्व. देगुमाया बलामीको मृत्यु हकदावी बीमा बापतको रकम बराबरको चेक क्रमशः रु. ५ लाख २५ हजार हकवाला कल्पना घर्ती र रु. ८२ हजार ५ सय हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायब प्रबन्धक जोनश शर्माले निजहरुको निवासमा गई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेकी थिइन् । त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानिय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण गर्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पु¥याए मात्र गाउँको विकास हुने उल्लेख गरे । 


सम्बन्धित समाचार


Leave a Comment