Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

मुलुकको आर्थिक वृद्धिदर २.७ हुने प्रक्षेपण


२०७७ चैत्र १८ गते , बुधवार प्रकाशित

uploads/media/

सन् २०२१–२२ मा नेपालको कुल ग्राहस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने आँकलन विश्व बैंकले  गरेको छ । विश्व बैंकले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण २०२० मा कमजोर भएको अर्थतन्त्र विस्तारै रिकभरी अवस्थामा रहेको उल्लेख गरेको छ ।

यस्तै बैंकले दक्षिण एशियाको अर्थतन्त्र सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । बैंकले भारतको जीडीपी सोही वर्ष १०.१ प्रतिशत, बंगलादेशको जीडीपी ३.६ प्रतिशत, पाकिस्तानको जीडीपी १.३ प्रतिशत विस्तार हुने अनुमान गरेको छ ।

यस्तै, विश्व बैंकले भुटानको जीडीपी भने ऋणात्मक हुने जनाएको छ । २०२१ मा भुटानको जीडीपी १.८ प्रतिशतले ऋणात्मक हुने जनाएको छ ।नेपालमा बढिरहेको रेमिट्यान्सका कारण अर्थतन्त्रको वृद्धिमा सहयोग पुगेको विश्व बैंकले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार


Leave a Comment