Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

६८ हजारले लिए सहुलियतपूर्ण कर्जा


२०७७ चैत्र ४ गते , बुधवार प्रकाशित

uploads/media/


राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा माघ मसान्तमा रु.८२ अर्ब २९ करोड लगानीमा  रहेको जनाएको छ । ०७७ माघ मसान्तसम्ममा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.११२ अर्ब ३ करोड कर्जा बक्यौता रहेको छ । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको रु.८२ अर्ब १८ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको रु.२९ अर्ब ८४ करोड कर्जा बक्यौता रहेको छ । 

सम्बन्धित समाचार


Leave a Comment