Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हस्तकला प्रदर्शनी हुँदै


२०७७ फाल्गुन २० गते , विहीवार प्रकाशित

uploads/media/

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला हस्तकला मेला आयोजना हुने भएको छ । आगामी २२ देखि २४ गते ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्रीको प्रदर्शन गरिने जानकारी एक प्रेस सम्मेलनको आयोजना गरि दिइएको हो । 

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । महानगरपालिका कार्यालय परिसरमा रहेको पोखरी वरिपरि ४५ वटा स्टल रहने जानकारी त्यस अवसरमा दिइयो । 

कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले पहिलो पटक बृहत् रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागेको भन्दै दिवसमा मात्रै नभई यस्ता गतिविधि पालिकाले वर्षैभरि गर्ने योजना रहेको बताए । 

महानगर उपप्रमुख तथा दिवस मुल समारोह समितिका संयोजक गीत सत्यालले कार्यक्रमको बारेमा जानकारी दिएकी थिइन भने हस्तकला महासंघका बरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले महिला हस्तकला मेलाका बारेमा प्रष्ट्याएका थिए । 

अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा ललितपुर महानगरले अन्य विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा विविध कार्यक्रम गर्ने घोषणा कार्यक्रममा गरिएको छ । साइकल र्‍याली, लैंगिक हिंसासम्बन्धी चेतनामूलक अन्तरकृया, पोष्टर पम्प्लेट वितरण, लैंगिक उत्तरदायी प्रकोप व्यवस्थापन अनुशिक्षण, लैंगिक हिंसा गुनासो डेस्क स्थापना जस्ता गतिविधि गर्न लागेको जानकारी त्यस अवसरमा दिइयो । 


सम्बन्धित समाचार


Leave a Comment