Monday, 17 May, 2021    |    २०७८ जेष्ठ ३ गते , सोमवार

बंगलामुखी साकोसको संस्थागत विकास तालिम सम्पन्न, एक वर्षको वित्तीय लक्ष्य ६ महिनामै प्राप्त


२०७७ माघ २७ गते , मंगलवार प्रकाशित

uploads/media/

सूर्यविनायक नगरपालिका २, बसिडोलस्थित बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले ३ दिने संस्थागत विकास तालिम सम्पन्न गरेको छ । 

संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा संस्थाले माघ २२ देखि २४ गतेसम्म नगरकोटको हिमालयन भिल्लामा आवासीय तालिम कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रबन्ध सञ्चालक जगतकृष्ण श्रेष्ठले जानकारी दिए । 

उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति सदस्य र कर्मचारी समेत गरी २२ जनाको सहभागिता रहेको उनले बताए । तालिममा नेफ्स्कुनका तालिम अधिकृत कमलराज अधिकारी र उमेश कोइरालाले प्रशिक्षण दिएका थिए । संस्थाको परिचय र विकासक्रमबाट शुरु भएको तालिममा सहकारी सिद्धान्त र मूल्य, पल्र्स अनुगमन प्रणाली, त्यसको महत्व र प्राविधिक अध्ययन , क्षमतामा आधारित ऋण लगानी, भाखा नाघेको ऋण व्यवस्थापन, संस्थागत सुशासन, समितिहरुको काम, कर्तव्य र अधिकार, कार्यालय व्यवस्थापनको व्यवहारिक ज्ञान, सञ्चालक समितिको स्वमूल्यांकन लगातयका विषयमा प्रशिक्षण दिइएको थियो । 

तालिमले संस्था सञ्चालनका बारेमा धेरै कुरा सिकाएको र संस्थालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न अभिप्रेरित गरेको महर्जनले बताए । संस्था नेफ्स्कुनद्वारा सञ्चालित प्रोबेशन ब्राण्डमा सहभागि रहेको छ । यो तालिमले ब्राण्ड लिन समेत थप सहयोग पुग्ने उनले विश्वास प्रकट गरे । ४ वर्ष भित्रमा ब्राण्ड लिइसक्नुपर्ने व्यवस्था भएपनि संस्था सो कार्यक्रममा सहभागिता जनाएको यो दोश्रो वर्ष हो । 


त्यसैगरी संस्थाले चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा गरेको छ । यस आ. व. को बजेट, नीति तथा कार्यक्रम अनुसार लिइएका लक्ष्य सबै पूरा भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताए । एक वर्षका लागि लिइएको लक्ष्य समेत ६ महिनाभित्रै पूरा गर्न सकेको उनले जनाए । कोरोना भाइरस महामारीका बीचमा सदस्यहरुलाई दिएको सेवाका कारण सदस्यहरुको मन जित्न सकेकाले ६ महिनामा नै सबै लक्ष्य पूरा गर्न सकेको उनको भनाइ छ । 

यस आ.व.को पौष मसान्तसम्म संस्थाको शेयरपूँजी ११ करोड ८६ लाख ४९ हजार, जगेडा तथा अन्य कोषहरु ३ करोड ४८ लाख, बचत ८० करोड ६९ लाख र ऋण लगानी ७६ करोड ४४ लाख पुगेको छ । संस्थाको कुल वासलात १ अर्ब माथि पुगेको छ । संस्थाले समीक्षा अवधिमा २८ लाख ३१ हजार कुल नाफा आर्जन गरेको छ । 

सम्बन्धित समाचार


Leave a Comment