Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

कुरा 'टाइम ट्राभल'को


२०७७ चैत्र २४ गते , मंगलवार प्रकाशित

uploads/media/
हामी अतीत र भविष्यका बीचको क्षणमा रहेका हुन्छौं, जसलाई वर्तमान भन्ने गरिन्छ । भविष्यको कुनै क्षणमा हामी त्यतिबेला मात्र बाच्न सक्छौ जब त्यो वर्तमान हुन आइपुग्छ । अनि वर्तमानको हर क्षण तुरन्तै अतीत बन्न जान्छ जुन हामीले लाख कोशिश गरे पनि पुनः वर्तमान बन्न सक्तैन ।

हामी शतत बर्तमानमा रहन बाध्य छौ, यस कारण के कल्पना गर्दछौं भने साच्चै हामी भबिष्य र अतीतमा पनि रहन पाउने भए ! यसै इच्छाबाट कालयात्रा अर्थात् 'टाइमा ट्राभल'को धारणा हाम्रो जीवनमा हर हमेशा कायम रहदै आएको छ । सबै धर्म ग्रन्थ र प्राचीन साहित्यहरुमा पनि भबिष्य तथा अतीतका यात्रा कथाहरु छन् र आधुनिक समयमा विज्ञान-संकल्पना अर्थात् 'साइन्स फिक्सन'को प्रमुख कथानक पनि कालयात्रा नै हुन्छ र छ ।

के साँच्चै काल यात्रा सम्भव छ - आधुनिक भौतिकीका अनुसार कुनै पनि पीण्डको गति जति जति बढ्दै जान्छ त्यसका लागि समय मन्द हुनजान्छ । अझ अर्को शब्दमा भन्ने हो भने यदि कुनै यस्तो यानमा सवारी भएको होस् जसको गति प्रकाशको गतिको नजिक नजिक या आसपास रहेको होस् अनि एक घण्टा पछि यान यात्री त्यो यानबाट उत्रियोस् त्यत्ति समयमा पृथ्वीमा सयकडौं या हजारौं साल बितिसिकेको हुनेछ र भबिष्यमा पुगिएको हुनेछ । ब्यवहारिकरुपले यत्रो गतिको यान या बिमान बनाउन सम्भव छैन । तर अलबर्ट आइन्सटाइनको सिद्धान्त अनुरुप एउटा तरीका अर्को हुन सक्तछ । यदि कुनै यान कुनै ब्ल्याक होल -आकाशीय कालो प्वाल)को धेरै नजिक पुग्न गयो भने त्यहाँ पनि समयको गति कम हुनजानेछ । यदि कुनै ब्यक्तिले त्यो यानमा बसेर ब्ल्याक होलको नजिक केही सयमा बिताएर फर्कियो भने उसले पाउने छ कि धरतीमा त्यतिञ्जेलमा धेरै नै समय ब्यतित भइसकेको छ ।

सम्भव छ कि भविष्यमा यस्तो स्थिति साँच्चै नै हुन सक्ला । अहिले त हामी आफ्नो सौर्य मण्डलबाट बाहिर निस्कन सकेका छैनौं । यद्यपि भविष्यको यात्रा यति बेला पनि जारी छ । 'आईएसएस' अर्थात् 'इण्टरनेशनल स्पेस स्टेशन' एउटा उपग्रह हो जो १९९८ देखि धरतीको अर्थात् पृथ्वीको कक्षमा घुमिरहेको छ । त्यसमा अन्तरिक्ष यात्री लामो समयसम्म बिताउन या रहन सक्तछन् । रुसी अन्तरिक्ष यात्री सेर्गेर्इ क्रिकालेभको इण्टरनेशनल स्पेश स्टेशनमा सबैभन्दा बढी समय अर्थात् कूल ८०२ दिन, ९ घण्टा ३९ मिनेट बिताएको अभिलेख (रेकर्ड) छ । आईएसएस एकदमै तीब्र गति अर्थात् ७६६ किलोमिटर प्रति सेकेण्डका हिसाबले पृथ्वीको परिक्रमा गरिरहन्छ । यस गतिले यत्तिका समय बिताउनुका कारणले अखिरी पटक अन्तरिक्षबाट धरतीमा र्फकदाखेरी क्रिकालेभका लागि समय ०.०२ सेकेण्डमा खुम्चिन पुगेको या सीमित रहन पुगेको थियो । ती अन्तरिक्ष यात्रीले हाम्रो हिसाबले ८०३ दिन ९ घण्टा ३९ सेकेण्ड अन्तरिक्षमा बिताए तर उनको जीवनमा ८०३ दिन ९ घण्टा र ३८.९८ सेकण्ड नै बित्यो । यो अन्तर एकदमै छोटो छ । तर हुन सक्तछ कि भविष्यका लामा लामा अन्तरिक्ष यात्रा पछि दुबैको समयमा यत्तिका फरक पनि बाँकी नरहोस् कि हामी कसैले या सबैले यो महसुश गर्न सकियोस् ।

तर अतीतको यात्रा अहिलेलाई सम्भव हुने देखिदैन । समयमा उल्टा हिड्नका लागि प्रकाशको गतिभन्दा बढी गति हुनुपर्ने छ जुन आइन्स्टाइनको सिद्धान्त अनुसार सम्भव देखिदैन । तर अतीत त हामी अहिलेदेखि नै देखिरहेका छौं । र्सर्ूयदेखि पृथ्वीको दूरी यति छ कि सूर्यको प्रकाश पृथ्वीमा पुग्नका लागि सरदर ८ मिनेट १९ सेकेण्ड लाग्दछ, अर्थात् हामीले ८ मिनेट १८ सेकण्ड पुरानो समय देख्न पाउँदछौं । कयौ ताराहरु छन् जुन हजारौं प्रकाश बर्षटाढा छन् अर्थात् हामीले तिनको अतीत मात्र देख्न पाउदछौं । कयाैं ताराहरु छन् जसलाई हामी अहिले पनि देखिरहेका छौं, हुन सक्तछ कि ती हजारौं साल पहिला नै नष्ट भइसकेका हुन् । यसै कारणले बैज्ञानिकहरुले आज नाङ्गो आँखाले त होइन, बैज्ञानिक उपकरणहरुका मद्दतबाट ब्रहृमाण्डको आरम्भ हुँदाको वरिपरीका या नजिकका घटनाहरुलाई देख्न या हेर्न पाइरहेका छन् कि मानिसको चेतना कुनै न कुनै रुपमा समयका बन्धनहरुलाई तोड्न सक्षम छ ।

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment