Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

पल्लव साहित्य प्रतिष्ठानको ‘पल्लव कुम्भ’ सम्पन्न


२०७७ चैत्र २४ गते , मंगलवार प्रकाशित

uploads/media/

 चितवन ।

पल्लव साहित्य प्रतिष्ठानको आयोजनामा गएके २०७७ चैत्र २१ गते गैडाकोट नवलपुरको प्रेक्षालयमा मेचीदेखि महाकालीसम्मका साहित्यकारको जमघटमा साहित्यिक कुम्भमेला सम्पन्न भएको छ । आयोजक संस्था का संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ को सभाध्यक्षतामा सह–प्राध्यापक डा नारायण गैरेको प्रमुख आतिथ्यता र रेडियो कर्मी तथा साहित्यकार रुकुमेली चेली सिर्जना शर्मा गौतमको कुशल तथा प्रभावकारी उद्घाेषणमा केही सर्जकका कृतिहरू विमोचन तथा दशजना स्रष्टाहरूलाई विभिन्न शिर्षकका पुरस्काहरूका साथमा पल्लव राष्ट्रिय साहित्य सम्मान द्वारा साभिनन्दन गरियो । उही अवसरमा आजीवन मानार्थ र विशेष सदस्यताका प्रमाणपत्रहरु पनि वितरण र अतिथि काव्य गोष्ठी अति सभ्य र भव्यरूपमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा झपा, मोरङ, सुनसरी, रौतहट, काभ्रे, काठमाौँ, भक्तपुर, नुवाकोट, रसुवा, गोरखा, तनहूँ, पोखरा, पाल्पा, गुल्मी, नवलपुर, नवल परासी, रूपन्देही, कपिलवस्तु, रुकम, दाङ, सल्यान, बाँके, धादिङ, मकवानपुर र चितवनका १६० भन्दा बढी विज्ञ र दिग्गज स्रष्टाहरूको  उपस्थिति रहेको थियो । 

         

दिनेश राज सुवेदी ‘दिङलाली कान्छो’, युसुफदिन मियाँ ‘पाल्पाली’, कर्णेल धनबहादुर रान, लीला राना, रामहरि शर्मा ‘शराह’, सदानन्द अभागी, जगन्नाथ पण्डित, केशव राज आमोदीधनराज गिरी, लक्ष्मीकान्त शर्मा  पौडेल "लकाश" , ईश्वरी ओझा, मिरा तिमिल्सिना "धरा" , हरिप्रिया रिजाल, राजेन्द्र "घायल" सिलवाल,सुमित्रा सुमी, सिर्जना शर्मा,गजेन्द्र अवस्थी "गौरव",पुष्प अधिकारी अञ्जली, विपि अपरिचित, रमेन्द्र कोइराल, लीलानाथ सिलवाल, कृष्णप्रसाद पोखरेललगायत अन्य धेरैअग्रज कविवरहरु सँगको अनुपम भेटको अवसर मिलेको थियो ।

उक्त अवसरमा तपसिल अनुसार पुरस्कारका साथमा पल्लव राष्ट्रिय साहित्य सम्मान समर्पण गरिएको थियो ।

तपसिलः

१)  रामबाबु घिमिरे, रत्ननगर.न.पा., चितवन,- बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

२)  कलानिधी दाहाल,काठमाडौँ, युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

३)  हरिभक्त सिग्देल ‘महेश’ , काठमाडौँ, - मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

४)  शङ्कर सुवेदी, काठमाडौँ - बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

५)  माधव बहादुर पोखरेल, हेटौँडा, मकवानपुरशेषनाथ लामिछाने स्मृति बाल साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

६)  ममता मृदुल विराटनगर म.न.पा.- ३, मोरङ - केदारनाथ रिजाल, गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

७)  रामशरण न्यौपाने चाँगुनारायण- ३, भक्तपुर - मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

८)  पूर्णबहादुर साउद ‘शिरीष’, हिच्मा-१, अछाम- केदारनाथ रिजाल, गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय, साहित्य सम्मान

९)  डोमे छिरिङ शेर्पा ‘अविरल’, टोखा नगरपालिका, धापासी, काठमाडौ“, युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

१०)  मञ्जु दाहाल खराल, हेटौँडा- १० मकवानपुर , - काजीमान तथा नन्दकुमारी/ शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान

साथै लकार्पण भएका कृतिहरूः

१)  छिरिङ शेर्पा ‘अविरल’ अविरल वर्षा (गजलसङ्ग्रह, २०७६)

२)  गोर्खे साइँलोसहित सम्पा. राष्ट्रिय बहरमाला (सङ्युक्त गजल गजलसङ्ग्रह, २०७६)

३)  रश्मि भट्ट पातालको गर्तमा (छन्द कवितासङ्ग्रह, २०७७)

४)  केशवराज आमोदी आँखामा युगबिम्ब काव्यत्रयी (खण्डकाव्य, २०७७)

५)  विमला पोख्रेल व्यथा र विमलता (छन्द कवितासङ्ग्रह, २०७७)

५)  साथमा पल्लव साहित्यिक विविध पत्रिकाको २५ औँ रजत अङ्क ।

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment