प्रिमियन्स इन्स्योरेन्स कम्पनी आर्थिक वर्ष २०७६।७७ मा ३६ करोड ९९ लाख खुद मुनाफा गरेको छ । सोमबार भएको कम्पनीको सम्पन्न २७औं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले चुक्ता पुँजीको ११.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यसैगरी सभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा जेस्मिन हाडा र समुह ‘ख’ अन्तर्गतको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा महेन्द्र बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।