Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सिभिल क्यापिटलका कर्मचारीहरुलाई कार्यक्षमता अभिवृद्धि तालिम


२०७७ चैत्र २४ गते , मंगलवार प्रकाशित

uploads/media/

सिभिल क्यापिटल मार्केट लिमिटेडद्धारा संस्थामा कार्यरत कर्मचारीहरुलाई कार्यक्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया गर्नुकासाथै तालिम प्रदान गरेकाे छ ।
संस्थाको केन्द्रिय कार्यालय सिटिसीमल सुन्धारामा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई सकारात्मक रुपमा ग्राहकहरुलाई चुस्तदुरुस्त सेवा प्रदान गर्ने, अनुशासित कसरी रहने, कार्यक्षमता कसरी अभिवृद्धि गर्ने, व्यावसायिक रुपमा संस्थालाई अगाडि बढाउन के कस्तो योगदान जरुरी हुन्छ जस्ता विषयहरुमा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले प्रशिक्षण दिएका हुन् ।
उक्त प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरु समेत गरी २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै ग्राहक एवं लगानीकर्ता माझ परिचित बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिवद्ध रहेको जनाएको छ ।
क्यापिटलले पुँजी बजारमा पोर्टफोलियो म्यानेजमेन्ट, संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको ढुंगेलले बताए ।

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment