Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

गुनासा हजारौँ सबैबाट आए


२०७७ चैत्र २२ गते , आईतवार प्रकाशित

uploads/media/


इन्द्र नारायण सुवेदी

(भुजङ्गप्रयात)


-----------------------------

डुबेको छ यो देश चुर्लुम्म आज सधैँ द्वन्द्व चर्किन्छ ताकेर ताज लुटाहाहरूले खरानी बनाए गुनासा हजारौँ सबैबाट आए।१। रहेको छ नेतृत्व लाचार छाँया भरौटेहरू मात्र दायाँ र बायाँ घुमी देश लुट्छन् उदाङ्गो बनाए गुनासा हजारौँ सबैबाट आए।२। कुनै वीर योद्धा यहाँ जन्मिएन बनी सिंह उद्धारमा अन्भिएन मिली स्यालले मात्र बाँडेर खाए गुनासा हजारौँ सबैबाट आए।३। विदेशी नशा मस्त धोकेर आए प्रजातन्त्रको खोल बोकेर आए हबेली बने राजधानी सजाए गुनासा हजारौँ सबैबाट आए।४। सँगै राखिएका बफादार भृत्य दुराचारका गर्दछन् नग्न नृत्य बिराना हँसाएर आफ्ना फसाए गुनासा हजारौँ सबैबाट आए।५।

बचेनन् कुनै डुक्रिने क्रातिकारी निमोठेर मान्छे विनादोष मारी मगन्ते बनी हात थापेर खाए गुनासा हजारौँ सबैबाट आए।६। समालिन्न यो देशको स्वच्छ झन्डा रहेसम्म यो नर्करूपी वितण्डा कुनै भद्र औतार फर्की नआए गुनासा हजारौँ सबैबाट आए।७।

----------------------------------- शीर्षक साभार:-मेचीकाली साहित्य मञ्च -----------------------------------

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment