Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

हेरा शैक्षिक संगठनद्वारा संचालित निशुल्क ट्युशन कार्यक्रम सम्पन्न


२०७७ चैत्र २२ गते , आईतवार प्रकाशित

uploads/media/


शहबाज खान/कपिलवस्त

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका अन्तर्गत रहेको हेरा शैक्षिक तथा मानवीय सेवा संगठनले एक कार्यक्रम गर्दै ३ महिने निशुल्क ट्युशन कार्यक्रमको कार्य अवधि पुरा गरेर हिजो हेरा शैक्षिक तथा मानवीय सेवा संगठनका महासचिव शैख जैस मक्कीले यसकाे समापन घोषणा गरेका छन्।

लामो समयदेखि जिल्लाका विभिन्न नगरपालिका तथा गाउपालिकहरु मा शैक्षिक तथा समाजिक सेवाहरु दिदै आएको छ।समय समयमा विभिन्न किसीमका कार्यक्रम संचालन गरि गरिब असहाय जनताको सहयोग गरिरहेको छ।

हालैमा हेरा शैक्षिक तथा मानवीय  सेवा संगठनले कपिलवस्तु दांङ तथा रुपन्देही जिल्लामा ३ महिनाको लागि निशुल्क ट्युशन कार्यक्रम संचालन गरी दिनको दुई घण्टा सामुदायिक तथा बोर्डिंगमा अध्ययनरत गरीब तथा असहाय लगभग ३५० बच्चाहरुलाई २१ शिक्षक द्वारा धार्मिक सांस्कृतिक तथा आधुनिक शिक्षा दिएको कुरा उक्त संस्थाका  उपाध्यक्ष खालिद रसीदले बताए। 

उक्त कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली विशिष्ट अतिथि शैख वसिउल्लाह मदनी अतिथि शैख ताजुद्दीन लगायत रहेका थिए।

कार्यक्रम का प्रमुख अतिथि नेपालीले हेरा शैक्षिक तथा मानवीय सेवा संगठनलाई धन्यवाद दिदै भने कि अगामी दिनमा पनि यसै प्रकारको कार्यक्रम सञ्चालन गरी गरीब असहायहरुलाई सहयोग पुराउने हामी आशा गरेका छौ  साथ साथै २०७८सालको जनगणनामा मुस्लिम समुदाय पूर्ण रुपले आआफ्नो स्तरबाट जनगणनाकर्मीहरु लाई सहयोग पुराइ जनगणनालाई सफल बनाऔ जनगणनाको समयमा आफ्नो परिवारको संख्या लुकाउने छिपाउने काम नगरी सत्य तथ्य विवरण दिनको लागि उनले उपस्थित सबैसँग अनुरोध समेत गरेका थिए।

हेरा शैक्षिक तथा मानवीय सेवा संगठन का महासचिव शैख जैस मक्कीले उपस्थित सबैलाई धन्यवाद दिदै भने - नेपाल का गरीब असहाय परिवारको सहयोगको लागि हामी सदैव तैयार छौ। हाम्रो उद्देश्य नै शिक्षा क्षेत्रमा पछाडि परिएका वर्गका बच्चाहरुलाई  सहयोग गरेर अगाडि ल्याउन हामी समय समयमा शैक्षिक सामग्री, निशुल्क ट्युशन,गरीब परिवारलाई राहत सामग्री वितरण गरि सहयोग गरेका छौ । आगामी दिनमा पनि यो संस्थाले निरन्तर काम गर्ने तैयारीमा रहेको मक्कीले बताए।

कार्यक्रमको अध्यक्षता खालिद रसीद तथा कार्यक्रम सञ्चालनमा सहयोग नियाज़ अहमद ले गरेका थिए।

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment