Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

काभ्रे जिल्ला संघको आयोजनामा कृषिको समस्या र समाधान विषयक गोष्ठी


२०७७ चैत्र २० गते , शुक्रवार प्रकाशित

uploads/media/

जिल्ला सहकारी संघ काभ्रेले ‘नेपालमा कृषि समस्या समाधानका लागि सहकारीको भूमिका’ बिषयक एक दिवसीय गोष्ठी बनेपामा सम्पन्न गरेको छ । नेपाल सरकारका सचिव गोपीनाथ मैनालीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठी जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न भएको हो । 

६४ औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्था÷संघहरुको सहभागितामा रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार विनोद पराजुली, पूर्व अध्यक्ष तथा सल्लाहाकार मुकुन्दप्रसाद दाहाल तथा विभिन्न बिषयगत सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । २५० जना भन्दा बढी सहकारी अभियन्ताहरुको सहभागिता गोष्ठीमा थियो । 

कार्यक्रमका प्रमुख अतिथि गोपीनाथ मैनालीले कृषिको समस्या, हालको अवस्था, उत्पादनमा समस्या र  सम्भावनाका साथै कृषि क्षेत्रले गर्नसक्ने कार्य तथा कानूनी पक्षका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका हुन् । अब सहकारी संस्थाहरु आफै वा शेयरसदस्यहरुका लागि उत्पादनसँग जोडिएर हाम्रा आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षहरुलाई सुदृढ बनाउन कार्यक्रममा सबैलाई सुझाएका थिए ।  


कार्यक्रममा जिल्ला सहकारी संघ लि.ले आ. व. २०७५/७६ मा जिल्ला सहकारी संघ लि. मा उत्कृष्ट कार्य गरेका मध्ये उत्कृष्ट ३ वटा सहकारी संस्थालाई संरक्षित पूँजी फिर्ता कोष अन्तर्गतको रकम हस्तान्तरण समेत गरेको छ । सारथी बहुउद्देश्यीय सहकारी संस्था लि., धुलिखेल, सामूदायिक बचत तथा ऋण सहकारी संस्था पनौती, र सेवानुङ बचत तथा ऋण सहकारी संस्था बनेपालाई सम्मान सहित उक्त कोष वापतको रकम हस्तान्तरण गरिएको हो । 

कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष शर्माले सहकारी संस्थाहरुले थोरै मात्र भएपनि सदस्यहरुलाई उत्पादनमूलक कार्यहरुसँग जोड्दै आफ्ना बार्षिक साधारणसभा मार्फत आय आर्जन, जीविकोपार्जन र रोजगारीका क्षेत्रलाई फराकिलो बनाएर नीति योजना तथा कार्यक्रममा नै उत्पादनका पक्षहरुलाई पारित गरी अगाडि बढ्नु पर्नेमा जोड दिए । 

कार्यक्रमको सञ्चालन संघका सचिव निरन्जन बिष्ट र स्वागत मन्तब्य संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले गरेका थिए । 

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment