Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

चीन–ईरान दीर्घकालीन सम्झौताले ल्याउने चूनौति


२०७७ चैत्र १८ गते , बुधवार प्रकाशित

uploads/media/


चीन र ईरानका बीच गएको शनिवार अर्थात मार्च २७ का दिन जुन २५ बर्षे सम्झौता भएको छ त्यसले केवल  पूरै पश्चिम एशियाली क्षेत्रको भू–राजनीतिमा मात्रै होइन त्यसभन्दा पनि अझ बढी अन्तर्राष्ट्रिय स्तरमा नै दीर्घकालीन समीकरणमा समेत गहिरो र गम्भीर असर पार्ने स्थिति देखापर्दैछ । सम्पन्न सम्झौताका अनुसार चीनले ईरानमा आगामी २५ बर्षका बीचमा ४० हजार करोड डलरको लगानी गर्न गइरहेको छ । त्यसको साटोमा ईरानबाट चीनलाई सस्तो मूल्यमा ठूलो मात्रमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहने छ । स्पष्ट छ कि ईरान बिश्वको चौथो ठूलो तेल उत्पादक देश हो । बिश्वको कूल तेल भण्डारको पनि  १० प्रतिशत ईरानसँगै छ ।

 यतिबेला चीन र ईरान बेग्ला बेग्लै स्तरमा अमेरिकी प्रतिबन्धको सामना गरिरहेका छन् । पूर्ब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा लगाइएका प्रतिबन्धहरका कारण ईरानले आफ्नो तेल बेच्न पाइरहेको छैन ।यद्यपि राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेपछि ईरान र चीनमाथि लगाइएका प्रतिबन्धहरु शिथिल हुने सम्भावना बढेको औंल्याइदैछ । दुबै पक्षसँग अहिले बातचित पनि चल्न थालेको छ । 

यसै बीचमा सम्झौतामा हस्ताक्षर हुनुभन्दा केही दिन पहिला नै चीन र रुस दुबैले अमेरिकासँग आग्रह गरेका छन् कि जति चाँडो हुनसक्छ, अमेरिकाले ईरानमाथि लगाएको प्रतिबन्ध बिनाशर्त फिर्ता लेओस् । यसरी स्पष्ट छ, चीनसँग सम्झौता गरेपछि ईरान र अमेरिकामा प्रतिबन्ध हटाउने प्रकृयालाई लिएर सहमति बन्ने कुरा पहिलाकोभन्दा कठिन हुन पुगेको  प्रतीत हुन्छ।

तर अहिले यस सम्झौताको अर्को उउटा महत्वपूर्ण पक्ष  रणनीतिक गोलबन्दीको छ । चीन,रुस, ईरान, पाकिस्तान र तुर्की समेत सम्मिलित भएर आकार लिदै गरेको गठबन्धन हुन त अमेरिकाका बिरुद्ध देखिन्छ तर अहिलेको समीकरणलाई हेर्दा भारतका पनि केही अहं हितहरु त्यसबाट प्रभावित हुनसक्ने चिन्ता प्रकट गरिदैछ । बिशेषगरी यस कारणले कि बितेका केही बर्ष यतादेखि अमेरिका र भारत बीचको बढ्दो निकटताले भारतको रुस जस्तो मित्र देशलाई पनि सशंकित तुल्याइदिएको देखिदैछ । अर्को कुरा के पनि छ भने चीनले यदि आउँदो २५ बर्षसम्म ईरानमा टेक्नोलोजी, ट्रान्स्पोर्ट, डिफेन्स आदि क्षेत्रहरुमा ठूलो मात्रामा लगानी बढाउँदछ भने त्यसको के अर्थ हुन जान्छ भने ईरानको चीनमाथिको निर्भरता बढ्नजाने छ । अनि आउदा बर्षहरुमा ईरान चीनको एउटा बिश्वस्त सहयोगी मित्रकोरुपमा खडा हुन पुग्ने पनि प्रष्ट छ ।


बिकसित हुने त्यस प्रकारको  स्थितिमा चीनले पश्चिम एशियामा आफ्नो ब्यापक प्रभाव बढाउने प्रयास गर्ने मात्रै होइन कि उसले अफगानिस्तान र मध्य एशियामा पनि भारतका लागि उपलब्ध अवसरहरुलाई कम गरेर कश्मिरमा भारतका लागि कठिनाई बढाउन सक्ने एकथरी भारतीय बिश्लेषकहरुको निष्कर्श देखिदैछ । किनभने अहिलेसम्म ईरानको चाबहार बन्दरगाह र त्यसलाई इन्धन दिने परिबहन ब्यबस्था बिकसित गर्नमा भारतले आफ्नो निकै ठूलो पूँजी लगानी गरिसकेको छ । भारत चीन र ईरान बीचको सम्झौताले यसमाथि के कस्तो नकारात्मक प्रभाव पर्ने हो भनेर चिन्तित देखिन्छ । समग्रमा कुरा गर्दा ईरान र चीन बीचको यो दीर्घकालीन महत्वको सम्झौताले बिश्वका धेरै मोर्चामा कठिनाई र चूनौति लिएर आउन सक्ने आकलन गरिदैछ ।

सम्पन्न सम्झौताका अनुसार चीनले ईरानमा आगामी २५ बर्षका बीचमा ४० हजार करोड डलरको लगानी गर्न गइरहेको छ । त्यसको साटोमा ईरानबाट चीनलाई सत्तो मूल्यमा ठूलो मात्रमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहने छ । बढाउन सक्ने एकथरी भारतीय बिश्लेषकहरुको निष्कर्श देखिदैछ । किनभने अहिलेसम्म ईरानको चाबहार बन्दरगाह र त्यसलाई इन्धन दिने परिबहन ब्यबस्था बिकसित गर्नमा भारतले आफ्नो निकै ठूलो पूँजी लगानी गरिसकेको छ । भारत चीन र ईरान बीचको सम्झौताले यसमाथि के कस्तो नकारात्मक प्रभाव पर्ने हो भनेर चिन्तित देखिन्छ । समग्रमा कुरा गर्दा ईरान र चीन बीचको यो दीर्घकालीन महत्वको सम्झौताले बिश्वका धेरै मोर्चामा कठिनाई र चूनौति लिएर आउन सक्ने आकलन गरिदैछ ।



लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment