Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

राष्ट्र बैंक पुग्यो नेपाल सहकारी बैंकको टोली, अघि बढ्ला प्रक्रिया ?


२०७७ चैत्र ११ गते , बुधवार प्रकाशित

uploads/media/

प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडले बैंक स्थापनाको प्रक्रिया अघि बढाउनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ । नेपाल सहकारी बैंक लि. तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बैंक स्थापना गर्न स्वीकृत प्रदान गर्न आग्रह गर्दै पत्र बुझाएका हुन् ।

बैंक दर्ताको कानुनी प्रक्रिया बमोजिम सहकारी विभागले नेपाल राष्ट्र बैंकमा पत्र पठाए पछि सहकारी बैंकको टोलीले गर्भनरलाई भेटेर पत्र बुझाउँदै बैंक स्थापनाको औचित्यका बारेमा जानकारी गराएका हुन् । गर्भनर अधिकारीले पत्र बुझ्दै कानुनमा भएको व्यवस्था अनुसार अघि बढ्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, अध्यक्ष भण्डारी, बैंकका सञ्चालक ज्ञानेन्द्र पौडेल, दिलीप पौडेल, सल्लाहकार भानुभक्त ढकाल सहितको टोलीले गर्भनरलाई भेटेका हुन् । 

टोलीले राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान अभिबृद्धि गर्न, सहकारी क्षेत्रलाई दिगो र गुणस्तरीय बैंकिङ्ग तथा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका लागि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएको गभर्नर अधिकारीलाई अवगत गराएको हो । 

प्रस्तावित बैंकले सहकारी विभागमा यस अघि नै आवेदन दिएर प्रक्रिया अघि बढाएको छ । अहिले मुलुकमा एउटामात्र सहकारी बैंक भएकाले अरु बैंक पनि आवश्यक भएको राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताएका थिए । ३० हजार भन्दा बढी सहकारी संघ÷संस्थाहरूबाट ८ खर्बभन्दा बढीको निक्षेप परिचालन गरी सोही बराबरको कर्जा लगानी भएकाले बैंक आवश्यक रहेको पौडेलको भनाई छ । 

सहकारी ऐन, २०७४ को दफा १४ को उपदफा (३) मा व्यवस्था भए बमोजिम बैंक दर्ताको लागि उक्त दफाको उपदफा (२) मा उल्लेखित कागजातका अतिरिक्त राष्ट्र बैंकको पूर्व स्वीकृती पत्रका लागि आवेदन दिएको बैंकले जनाएको छ ।

बैंक स्थापनाको लागि प्रकृया अगाडि बढाउन सहकारी विभागमा पत्राचार गरिदिन समेत आग्रह गरेको बैंकका सञ्चालक ज्ञानेन्द्र पौडेलले जनाए । 

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment