Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान चलाउने


२०७७ चैत्र १० गते , मंगलवार प्रकाशित

uploads/media/

नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ । जागरण अभियान अन्तर्गत  राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्यसचिव भूमिराम शर्मासँग छलफल गरेको छ । छलफलको माध्यमबाटनै अभियानलाई व्यापक बनाउने परिसंघको लक्ष्य रहेकोले यसैको निरन्तरता स्वरुप आजको कार्यक्रम आयोजना गरेको हो । 

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस अभियानलाई अगाडि बढाउन छलफल र शुभारम्भ कार्यक्रमहरुको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउनको लागि विभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा राखेको जनाए । अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा उनको थियो ।

अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो । नीतिगत तहमा रहेका व्यक्तिहरुको सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै अध्यक्ष मोरले उद्योगहीहरु माग्न मात्र आउँछन् भन्ने मानसिकता क्रमशः हट्दै गएको जनाए ।

राजश्व परामर्श समितिका अध्यक्ष दाहालले परिसंघले अगाडि सारेको अवधारणा राम्रो रहेको बताउँदै राजश्व परामर्श समितिले नीतिगत व्यवस्था र बजेट मार्फत कसरी सहयोग गर्न सकिन्छ त्यस तर्फ पनि विचार पु¥याउने उल्लेख गरे । 

नीजिक्षेत्रका तर्फबाट आउने राजश्वका कतिपय सुझावहरु स्पष्टरुपमा आउनु पर्ने धारणा राख्दै करको दरभन्दा पनि करको दायरालाई बढावा दिने गरी समितिले आप्mना कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । अहिलेको अवस्थामा अनलाईन व्यापारलाई कसरी सहज पहिचान गर्न सकिन्छ त्यस तर्फ समिति केन्द्रित रहेको जनाए ।

समितिले कुनै पनि बेला नेपाल सरकारलाई सुझाव दिनसक्ने भएकोले भन्सार र ननट्याक्सका विषयहरुलाई व्यवस्थापन गर्दै लैजाने उल्लेख गरे । बढीमा ५० देखि ६० वटा महत्वपूर्ण सुझावहरुलाई समितिले पहिचान गर्ने र तिनै सुझावहरु सरकारलाई प्रस्तुत गर्ने दाहालले जनाए । 

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment