Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

उत्पीडन र प्रेम जीवन


२०७७ चैत्र १० गते , मंगलवार प्रकाशित

uploads/media/


सीताराम थापा


(जातिभेद–रङ्गभेद दिवसको अवसरमा)


म उत्पीडनको मोडबाट ओर्लीरहेको थिएँ ! 

तिमी सिल्मीको उकालो चढिरहेकी थियौ ! 

मैले पहिलोपटक तिम्रो अनुहारमा,  

देखेको थिएँ पसिनाका स–साना बुंदहरु ! 

एकछिनमैं अधर र छातिहरु भिजिरहेका थिए,

भारीका खेपहरु खेप्दै बेनीको धुलाम्य बाटोमा !

धुलोको पाउडर र पसिनाका अत्तरले तिमी सुगन्धित थियौ

र मैले त्यही पसिना र त्यसका बुदहरु संग प्रेम गरेको थिएँ ! 


तिम्रो पसिनाको बाछिटाले सिंगो मानव बस्ती सिंचिएको थियो,

तिम्रो धुलाम्य जीउडालले  सिंगो मानबहरु पालिएको थियो,

तिम्ले अर्जापेको फलामे कराई र कसौडीमा खान्की पाकेको थियो,

तिम्रा हातले थुक लाऊदै सिएको सिरक–डस्ना  ओढाईएको थियो !! 

सार्की र कार्की गांऊ नजिक भए पनि कति उचनिच थियो,

त्यही पसिनाले भिज्दै गयो म साक्षत्कार भएको घरका बिछ्यौनाहरु,

त्यही पसिना र धुलोले भिज्दै गयो जवानी बैँस र मेरो बर्तमान सपनाहरु।



तर

तिमीसँग प्रेम गर्नुको मेरो जीवन नियति यति थियो,

तिमीलाई थाहै नपाई अछुत बनाइएको थियो ! 

तिमीलाई मानिस भन्दै अमानुस बनाईएको थियो,! 

थाहा नदिई दास –दासी कै श्रेणिमा कजाइएको थियो! 

यसैले त हामी बीच अथाहा प्रेम थियो !! 

साच्चै अथाहा प्रेम थियो !


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment