काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मिलियन डलर राउण्ट टेबल(एमडीआरटी)मा पुग्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्थामा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई कम्पनीले वृहत् कार्यक्रम गरी सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमडिआरटी, २० जना कोर्ट अफ टेबल, ९ जना टप अफ टेबल सहित कुल २६७ जना अभिकर्ताहरु एमडिआरटी २०२१मा सहभागी हुन योग्य भएका हुन् ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गदै अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागिता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।
त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले एमडिआरटी पाउन योग्य अभिकर्ताहरुलाई बधाई दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल हुने उल्लेख गरे । प्रसाईले अभिकर्ताहरुको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्य, पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारी, नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघल, बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगर आफ्ना भनाई व्यक्त गरेका थिए ।