Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सरकार र बिद्रोही नेकपा(बिप्लब )बीच तीनबुँदे सहमति, प्रतिबन्ध फुकुवा : भोली प्रम ओली र महासचिव बिप्लबले संयुक्त सम्बोधन गर्ने


२०७७ फाल्गुन २० गते , विहीवार प्रकाशित

uploads/media/

काठमाडौँ ।  काठमाण्डौमा  सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज तीनबुँदे सहमति गरेका छन् । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा(बिप्लब)का प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

यो सहमतिको विस्तृत विवरण भोली शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ ।

सहमतिमा ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेको‘ विज्ञप्तिमा उल्लेख छ । सहमतिको विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने पनि प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षको वार्ता टोली आज बिहीबार बिहानैदेखि वार्तामा जुटेका थियो । उनीहरूबीच हिजो बुधबार पनि दुई चरणमा वार्ता भएको थियो ।




दुबै पक्षले औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै वार्ता शाुरु गरेका थिए । पहिलो चरणको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए । बुधबार बालुवाटारमा भएको सरकार र बिप्लब समूहबीचको पहिलो चरणको वार्तामा सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक पुगेको पनि गृहमन्त्री थापाले जानकारी दिएका थिए ।

बिप्लब  समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । त्यसमा जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको थियो । सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो । गएको  मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।


सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।यो बार्ता हुनु अघिनेकपा बिप्लब समूह समेत नेपाल कम्युनिष्ट पार्टी, नेकपा(क्रान्तिकारी माओवादी र बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी चार कम्युनिष्ट घटकहरु मिलेर गएको माघ २९ गते रणनैतिक संयुक्त मोर्चा बनाइ देशका बिभिन्न ४ स्थानमा जन सभाका कार्यक्रम पनि गरिसकेका छन् ।


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment