Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

नियमानुसार चाँडो निर्णय गर — पूर्ब प्रमुख निर्बाचन आयुक्तहरु


२०७७ फाल्गुन १९ गते , बुधवार प्रकाशित

uploads/media/

पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज एक संयुक्त विज्ञप्ति प्रकाशन गरी राजनीतिक दल सम्बन्धि बिबादमा नियमानुसार चाडै निरोपण गर्न सुझाव दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ’राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भीर बनाएको छ ।’


उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको सम्बन्धमा  उनीहरुको यो प्रतिक्रिया आएको छ । आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन अनुरोध गरेका छन् ।


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment