Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

इटहरीमा रणनैतिक सयुक्त मोर्चाको जनसभा सम्पन्न


२०७७ फाल्गुन १९ गते , बुधवार प्रकाशित

uploads/media/

इटहरी,सुनसरी । रणनीतिक संयुक्त मोर्चाले आफ्नो पहिलो चरणको अन्तिम जनसभाको कार्यक्रम हिजो फागुन १८ गते बिराटनगर  र धरानको बीचमा पर्ने इटहरीको टेम्पो पार्कमा सम्पन्न गरेको छ । जुलुश र र्यालीकासाथ सम्पन्न भएको कार्यक्रमा रणनीतिक संयुक्त मोर्चाका नेता तथा नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक ऋषिराम कट्टेलल सभाको प्रमुख बक्ताकोरुपमा बोल्दै र राजनीतिक अनिश्चितता र अन्यौल खडा गरेर देशलाई बिदेशीको अखडा बनाउने भयंकर ठूलो षडयन्त्र भइरहेको कुरा औंल्याउँदै यसका बिरुद्ध नेपाली जनता प्रतिरोध गर्न उठ्नेछन् र षडयन्त्रकारीहरुलाई लखेट्ने छन भन्ने प्रष्ट पारे । उनले सरकारले नेकपा(बिप्लब)सँग साँच्चै सार्थक बार्ता गर्न खोजेको हो भने बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाइनु पर्ने, पक्राउ परेका सबैलाई रिहा गर्नु पर्ने बार्तालाई तार्किक परिणतिमा पुर्याउनु पर्ने जोडदार माग गरे । नेपाली जनताले राजनीतिक परिबर्तन पछि पनि भ्रष्टाचार, महँगी, उत्पीडन, दमन, हत्या, हिंसा, बलात्कार, बिभेद र असमानता बोझ बेहोरिइरहनु परेको जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताबाट बञ्चित हुनु परेको र यसरी राष्ट्रियता, जनतन्त्र र जनजीबिका सबै खतरामा परेकोले रणनैतिक सयुक्त मोर्चाले जनगणतन्त्र र बैज्ञानिक समाजबादको स्थापनाले मात्र समस्या हल गर्ने कुरा जोडदाररुपमा उठाएको प्रष्ट पारेका थिए । 


सभामा बोल्दै अर्का नेता बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका संयोजक बिश्वभक्त दुलाल 'आहुती'ले अहिलेको संकट पार्टी बिेशष र त्यसका नेता बिशेको मात्र नभएर असफल संसदीय ब्यवस्थाबाट उत्पन्न संकट हो भन्ने कुरा बताउँदै रणनैतिक संयुक्त मोर्चाले अहिलेको ब्यवस्थाको बिकल्पमा जनगणतन्त्र र बैज्ञानिक समाजबादको कार्यदिशा अघि सारेको बताए । उनले सार्थक बार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी(बिप्लब)माथिको प्रतिबन्ध हटाउन र राजबन्दीहरु रिहाइ गर्न माग गरे ।


अर्का नेता नेकपा(क्रान्तिकारी माओबादी)का स्थाइ समिति सदस्य हरिभक्त कँडेलले प्रतिकृयाबादी राज्य सत्ताले देश र जनताका समस्या हल गर्न नसक्ने भकाले रणनीतिक मोर्चाले जनगणतन्त्र हुँदै बैज्ञानिक समाजबादको बिकल्प अघि सारेको हो भन्ने कुरा अथ्र्याउँदै सम्पूर्ण क्रान्तिकारी, देशभक्त सच्चा लोकतन्त्रबादी शक्ति एक भएर संघर्ष गर्नुको बिकल्प नभएको बताए । 


मोर्चाका अर्का  नेता धिरेन्द्र कुमारी उपाध्याय ‘भृकुटी’ले बर्तमान सत्ता फासीबादी दिशामा लागेको र देश र जनताका समस्या समाधान गर्ने भन्दा दमन गर्नेतिर अग्रसर भएकोले यसलाई समाप्त पारेर जनबादी गणतन्त्र स्थापना गर्न  रणनैतिक संयुक्त मोर्चा स्थापित भएको बताएकी थिइन् । यसका निमित्त जनता सचेत र संगठित भएर संघर्षमा लाग्नुपर्ने बताइन् ।



नेपाल कम्युनिष्ट पार्टीका सचिवाल सदस्य तथा प्रदेश नं १ का इञ्चार्ज भीमप्रसाद सेढाईले सभामा उपस्थित सबै नेता, कार्यकर्ता र जन समुदायको स्वागत गरेका थिए भने सभालाई बाम बुद्धिजीव नरेन्द्र बस्नेत र मधेश आन्दोलनका यूवा नेता महेश यादबले पनि बोल्दै रणनैतिक संयुक्त मोर्चाको सभालाई शुभकामना दिएका थिए । क्रान्तिकारी माओवादीमा नेता प्रदैश इञ्चार्ज मिनकुमार राउतको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गोकुल चाम्लिङ्गले गरेका थिए ।


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment