Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी उदयपुर बेलका नगर सम्मेलन सम्पन्न


२०७७ फाल्गुन १७ गते , सोमवार प्रकाशित

uploads/media/


उदयपुर, रामपुर । नेपाल कम्युनिष्ट पाटीको बेलका नगरपालिकाको नगर सम्मेलन आज यहाँ सम्पन्न भयो । पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा एक नम्बर प्रदेशका इञ्चार्ज भीम सेढाईले सो सम्मेलनको उद्घाटन गर्दै मुलुकमा कम्युनिष्ठयस आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र चलिरहेको, ब्यापक भ्रष्टाचार बढेको, जनता र राष्ट्रका समस्या कुनै पनि हल नभएको र शोषित पीडित जनतामा निराश र असन्तुष्ट बन्दै गएको औंल्याउदै यसको निकास सच्चा कम्युनिष्ट आन्दोलनले मात्र दिन सक्छ र त्यसका लागि कमरेड पुष्पलालले दिएको नीति र बिचारको वरीपरी सबै क्रान्तिकारी कम्युनिष्टहरु एक जुट हुनुको बिकल्प छैन भन्ने कुरा प्रष्ट पारेका थिए । अहिले बनेको रणनीति संयुक्त मोर्चा यसै दिशातर्फ अघि बढ्ने बिश्वास सोढाईले ब्यक्त गरेका थिए ।


 ल खरेलले जतनाले बेहोर्नु परेका समस्या र पीर मार्काहरुलाई लिएर आन्दोलन उठाउदै र जनतालई सचेत बनाउदै नयाँ जनबादी गणतनत्रका लागि अघि बढ्नुको बिकल्प छैन भन्ने कुरा बताएका थिए ।हतामा सम्पन्न नगर पालिका पार्टी सम्मेलनमा रबिन श्रेष्ठ र तेजकुमार कार्कीले पृम्मनि बोल्दै आमूल परिबर्तन बिना आधारभूत जनताका समस्या समाधान नहुने उल्लेख गरेका थिए । 


सम्मेलनले दानबहादर कटुवाल अध्यक्ष र,हेको २५ सदस्यीय बेलका नगर समिति गठन गरेको छ । जसमा उपाध्यक्ष रबिन श्रेष्ठ, सचिव शुकदेश चौधरी,सह सचिव गोपाल खरेल, सदस्यहरु गंगा काकी,कमला सेढाई, गोपाल भण्डारी,हेमकुमारी बुढाथोकी, शम्भू काकी,कल्पना सापकोटा,ढकबहादुर कार्की,टंक कटुगाल, देबीका मगर, फुलावती चौधरी, नरकुमार राई,गोबिन्द तिम्सिना, तेजकुमार कार्की,जुनु बिक र हस्तबहादुर बिक गरी १९ जना रहेका छन् । बाँकी ६ जना नगरसमितिको आगामी बैठकले थप गर्ने समेत निर्णय लिएको छ ।

लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment