Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सक्रिय महिला साकोसका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम


२०७७ फाल्गुन १७ गते , सोमवार प्रकाशित

uploads/media/

सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्न सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाले ४ दिने तालिम सम्पन्न गरेको छ । संस्थाको वार्षिक सभाबाट चुनिएका नयाँ सञ्चालकहरुलाई संस्था सञ्चालन गर्न आवश्यक आधारभूत विषयमा ज्ञान दिलाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियाे । 

‘चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन भएको र उहाँहरुलाई संस्था सञ्चालनसम्बन्धी चाहिने ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले तालिम गरिएको व्यवस्थापक सविना लामाले बताइन् । 

नगरकोटमा सम्पन्न आवासीय तालिममा संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १६ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गरेका थिए । कार्यक्रममा संस्था अध्यक्ष श्रमिक लामाले महिलाहरुको क्षमता विकास गरी उनीहरुलाई आत्मनिर्भर बनाउन संस्था सफल भएको बताइन् । 

तालिमबाट सबै सहभागीहरुको क्षमता विकासमा मद्दत पुग्ने र त्यसले सदस्यहरुको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको धारणा थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले गरेका थिए । तालिम उपलब्धीमूलक भएको व्यवस्थापक लामाले जनाइन् । 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment