Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

स्वास्थ्य चौकी भवन निर्माणमा ठकेदारले गरेको बदमासीमा स्थानीयको आक्रोस


२०७७ फाल्गुन १७ गते , सोमवार प्रकाशित

uploads/media/



शहबाज खान÷कपिलवस्तु


कपिलवस्तुको कृष्णनगर नगरपालिकामा बन्दै  गरेको स्वास्थ्य चौकी भवनमा ठेकेदारले गरेको बदमाशीप्रति स्थानीय जनताले विरोध गरी निर्माण कार्य रोके का थिए।

कृष्णनगर नपा वडा नं.१२ बेदमंऊमा लुम्बिनी प्रदेश सरकारले ८१ लाखको लगानीमा ६ कोठे भवन निर्माणको ठेक्का आव्हान गरी ब्रेभ कन्ट्रक्सन भैरहवालाई दिएको छ ।


ब्रेभ कन्ट्रक्सनले बेदमंऊ स्वास्थ्य चौकीको भवन निर्माण कार्य शुरु गर्दा शुरुवाती दिन मैं कमसल समाग्री प्रयोग गरि विवाद मा परेको हो । निर्माण स्थलमा शुरुमै गुणस्तरहीन ईटा र बलुवा झारे पछि स्थानिय जनताहरुले विरोध गर । त्यसपछि त्यो गुणस्तरहीन ईंटा अरु अरु काममा प्रयोग गरे तर विरोध गर्दा पनि गुणस्तरहीन (गुणस्तर जांच नभएको)को बलुवा को प्रयोग फाउन्डेशन ढलानमा प्रयोग गरेको कुरा स्थानीय प्रमोद मालीले बताएका छन् ।


फाउन्डेशन ढलान गर्दा अनिवार्य रुपमा लगाउनु पर्ने डी.पी.सी. प्लास्टिक लेयर समेत नलगाई ढलान गरेको र ढलानमां प्रयोग हुने मसलाको गुणस्तर जांच गर्नाको लागि उक्त मसलाको क्यूब बनाई सम्बन्धित निकायमा जांच गराउनु पर्छ तर ठेकदारले क्यूब नबनाई ढलाना गरेको स्थानीय श्रोतले बताएको छ ।

अब ढलान भइ सकेको फाउन्डेशनमा लागेको मसलाको गुणस्तर जाचं कसरी हुन्छ भनेर प्रश्न पनि उठि रहेको छ ।

साईट इन्चार्ज केदार चौधरीको भनाइ अनुसार फाउंडेशन ढलान मा यही नजिकमै रहेको खोला बाट निकालेको बलुवाको प्रयोग भयेको छ। वासिंग बालुवा अहिले सम्मा आएको छैन। र यो भवनको निर्माण कार्य शुरु हुन वितिकै विवादमा परेको छ ।कहिले ईटाको कुरा लिएर त कहिले बलुवाको कुरामा विवाद हुदै छ।


उक्त भवन निर्माण कार्यमा पटक पटक किन विरोध भइ रहेको छ भन्ने बिषयमा वहीका स्थानीय समाजसेवी तथा उक्त भवन निर्माणका लागि जग्गा दान दिएका जग्गादाता सुदीप मणि त्रिपाठी संग बुझदा ब्रेभ कन्ट्रक्सनका ठेकेदार अमित श्रीवास्तव संग मेरो कुरा निर्माण स्थलमै पुगेर भएको छ र मैले ईंट तथा बलुवा गुणस्तरहीन रहेको कुरा पटक पटक उहालाई जानकारी गराएका थिए। तर ठेकेदारले मनमानी गर्दै गुणस्तरहीन ईटा र बलुवाको प्रयोग गरि रहेका थिए। म लगायत स्थानीय जनताहरुले विरोध गरि निर्माण काम बन्द गराए पछि मात्रै एक नम्बरको ईटा प्रयोगमा लाएको कुरा त्रिपाठी ले बताए का छन।


उक्त निर्माण स्थलमा निर्माण योजना बारे कुनै किसिमको सूचना बोर्ड लागेको छैन र भवन निर्माण कार्य गर्दा मजदूरहरुलाई सुरक्षाको निम्ति लगाउनु पर्ने सुरक्षा पोषाकहरु समेत मजदूरहरुले लगाएको छैनन्।


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment