—सीताराम थापा
बागलुङ जिल्लाको जैमिनि नगर स्तरीय पहिलो मगर दिबस कार्यक्रम भब्य समारोहका साथ सम्पन्न भयो। हरेक बर्ष फागुन १५ का दिन मगर दिवस मनाउने गरिन्छ ।
नेपाल मगर संघ, जैमिनि नगर समितिले मगर दिवसको अवसरमा १० वटै वार्डबाट र्याली, झांकी, भेषभुसा आदि सहित नगरको कुश्मिशेरा बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो।
सभामा बोल्दा नगर प्रमुखले जंग बहादुर रणाको पालाको स्मरण गराउदै लखन थापा बेलायती सैनिकबाट रिटाएर भएर स्वदेश फर्किए पछि लखन थापाले २५० जना फौजलाई तालिम दिएर राणा शाषण ढाल्न लड्दा लड्दै राणाले मारेकोर सहिद बनाएकोले आजसम्म मगरहरुको पहिचानको मुद्वा बनेको लगयतका इतिहासका कुरा बताए। उनले नगरले मगर दिबसका लागि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्वता जनाए ।
विशेष अतिथि नगर उप प्रमुख रानाले नगरहरुको भेषभुशा, भाषा, संस्कृति, पहिचान र संरक्षणको लागि सबै मगर एक भएर लागि पर्ने बताए। जैमिनिको १० वार्ड मध्य ७ वार्डमा उलेख्य मगर रहेको तर मगरहरुको संस्कृतिमा राज्यबाट खासै काम हुन नसकेको साझा गुनासो प्रस्ताब पारित भएको थियो।
कार्यक्रममा विभिन्न मगर संस्कृति झल्काउने नाच गीत र भजन लोक संस्कति सहभागिहरुले राति अबेर सम्म प्रदर्शन गरेका थिए ।