Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सनराइज बैंक ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा छुट


२०७७ फाल्गुन १६ गते , आईतवार प्रकाशित

uploads/media/

काठमाडौ, सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटसँग सम्झौता गरेको छ । 

बैंक र रिर्सोटबीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात् बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र वेभरेज सुविधामा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । 

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नविनतम्  सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ । 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment