Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

सहकारीले ऋण लगानी गर्दा अपनाउनुपर्ने सजगताबारे तालिम


२०७७ फाल्गुन १६ गते , आईतवार प्रकाशित

uploads/media/

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा ऋण व्यवस्थापन तालिम दिएको छ ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै संघले अन्तरलगानी, तालिम र अभियानलाई जोड दिई कार्यक्रमहरु गरेको उल्लेख गरे । अव्यवहारिक एक व्यक्ति एक सहकारी, सहकारी संस्था र संघ बिचको कारोबारमा लाग्ने व्याजकर लगायतका कानुन संसोधनका लागि संघले पहल गरेको कुरा बताउँदै यस विषयमा केन्द्रिय संघ र राष्ट्रिय सहकारी महासंघले ठोस पहल गर्नुपर्ने विचार राखे ।

संघका उपाध्यक्ष हरि बल्लले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्विकार्ने र ऋण लगानी गर्नु भएको बताउँदै ऋण लगानी गरेको रकम समयमै सावाँ व्याज फिर्ता नभए संस्था संचालनमा समस्या हुने उल्लेख गरे । सदस्यको बचत फिर्तामै समस्या हुने भएकोले संस्थाले ऋण लगानीमा विशेष ध्यान पु¥याउनुपर्ने उनको भनाई थियो । तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने अपेक्षा उनको थियो । 

संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवर्द्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्थाहरुको प्रभावकारी ऋण लगानी कार्यमा टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरेको कुरा बताउँदै संघले बिना धितो ऋण अन्र्तगत बढीमा संस्थाको वासलातको ५ प्रतिशत वा ६० लाखसम्म ऋण लगानीका सीमा बढाएको कुरा बताउनुभयो । संघका वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य राजकुमार लघुले ऋण व्यवस्थापन तालिमबाट सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने बताए ।  संघका व्यवस्थापक बालकृष्ण धोजुले हाल वित्तीय बजारमा व्याजदर न्यून रहेको अवस्थामा बढी लागतको बचत स्विकार नगर्न सुझाव दिँदै तरलता एवम् ऋण लगानी योग्य रकमको अभाव भएमा संघले ८ प्रतिशतको विशेष ऋण सञ्चालनमा ल्याएको जनाए । 

दुई दिन सम्म संचालन भएको सो तालिमको सहजिकरण संघका व्यवस्थापक, सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार खत्री र सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक कविन्द्र धौबन्जारले गरेका थिए । तालिममा संघका सदस्य संस्थाहरुबाट ३५ जनाको सहभागिता रहेको थियो । 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment