Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

“सेभ मी ममी ... !” शिशुको आवाज र कामकाजी आमा


२०७७ फाल्गुन १६ गते , आईतवार प्रकाशित

uploads/media/

नाति ‘माव्यान’ दुई वर्षको भए पछि यही गएको जनवरी दोस्रो साता देखि उसको निमित्त उसका मुमा(बुवाले अष्ट्रेलियाको सिड्नीस्थित, जोर्डन स्प्रिंग्सको स्थानीय लिटिल जाक्स एकेडेमी (दिवा शिशुस्याहार केन्द्र)मा हप्ताको दुई दिनको निम्ति सीट सुरक्षित गरेका थिए । बिहिबार र शुक्रबार । पहिलो बिहिबार ५ मिनट उफ निकै रमाएछ । नयाँ साथी र नयाँनया खेलौनासँग । ५ मिनट पछि यसो हेरेछ, बाबु आमा दुवैलाई देखेनछ । खेलौना भुईमा फालेर “व्वा–मामु”  भन्दै रूँदै दौडन थालेछ ।

“पहिलो दिन हो, तपाईहरू १५ मिनटमा आउनु होला । यही कतै वरपर बस्नु होला, माव्यानले कस्तो गर्छ” । शिक्षिकाले भनेकी रहेछिन् ।

१५ मिनटमा आउँदा  माव्यान रून थालेको १० मिनट भइसकेको रहेछ। उसको स्वर बसिसकेको थियो। अर्को दिन शुक्रवार पूरै आधा घण्टा रोएछ। रुँदारुँदा  रूनै नसकी लामो लामो सास फेर्दै थियो । अर्को हप्ता फेरि दुईदिन वाल स्याहार केन्द्रमा माव्यानलाई पु¥याउनु थियो । कसरी छाड्ने होला ।

तर पश्चिमी विकसित मुलुकको समस्या बाबु–आमा दुवैले काम गर्नु पर्ने बाध्यता छ, दुधे बालकलाई, शिशु स्याहार केन्द्रको पोल्टामा दिएर काममा नदौडी हुँदैन।

अष्ट्रेलियन सरकारले कोविड(१९ को वैश्विक माहामारीको चरम आतंकको बेलामा पनि आमाहरूलाई सकभर काममा दौडाइ रह्यो । झन यो बेलामा अनौठो परिपाटी बनायो । कुनै पनि बहानामा स्वास्थ्यकर्मी आमाहरू (डाक्टर, नर्स, परिचारिका, महिला, सुरक्षाकर्मी(सेना, पुलिस, अन्य सेवाप्रदायी संघ संस्था, ग्रोसरी, यातायात, बैकवित्त, संचार, अस्पताल, विद्यालय, निर्माण, उत्पादनसँग जोडिएका सबै आमाहरू घरमा नबस्न प्रेरित गराउने परिपाटी मिलायो। नानीहरूको नीजि शिशु स्याहार केन्द्रको सेवा शुल्क पनि यो अवधिभर सरकारले बेहोर्ने भयो । गएको दिसम्बरसम्म कति नानीहरूले शिशु स्याहार केन्द्रमा भर्ना हुन सिटै पाएनन्। जसको कारण सेवा, उत्पादन र आपूर्तिमा सन्तुलन कायमै रह्यो । कामकाजी आमाहरूबाट आमदानी कर असुली राजश्वमा प्रतिकूलता न्यून रह्यो ।

राज्यको विविध सकरात्मक पहलका कारण मुलुकभित्र यो महामारीका कारण ठप्प हुन गएका उद्योगधन्दा सेवा व्यवसाय लाई छिट्टै पूर्ववत् अवस्थामा ल्याउन नसकिए पनि कम क्षति होस भन्ने तर्फ अष्ट्रेलियनहरू बहस गरिरहेका छन । अस्ट्रेलियाको अर्थतन्त्र  अमेरिकन डलर १.८९ ट्रिलियनको रहेको छ । हाम्रो छिमेकी मित्र राष्ट्रको भारतको ३.२०२ ट्रिलियन र चीनको १३.३७ ट्रिलियन छ। यसरिनै संयुक्त राज्य अमेरिकाको २२ ट्रिलियन भन्दा माथि छ ।

भारत चीन दुवै विश्वको अत्यधिक जनसंख्या भएका देश हुन । भारतको जनसंख्या १३८ करोड़को हाराहारी र चीनको १४४ करोड़ पुग्न थालेको छ । संयुक्त राज्य अमेरिकाको ३३ करोड़ छ । हाम्रो नेपालको ३ करोड़ पूग्न थाल्यो जबकि हाम्रो वर्तमान जीडीपी अमेरिकी डलर २९.८१३ अरब रहेकÞो छ। जनसंख्या नेपालको भन्दा ६६ लाख कम,  देशको माटो ५३ गुणा र अर्थतंत्र २३ गुणा ठूलो छ। हामी नेपालीले अनुपातमा अस्ट्रेलियनहरुको वार्षिक प्रतिव्यक्ति आय ६७,०३५।५७ डलर प्रतिव्यक्ति डलर वार्षिक र नेपालीहरूको ७०६ छ १ नेपाल विश्वको १४४ औँ स्थानमा पर्दछ भने अस्ट्रेलिया ९ औँ स्थानमा रहेकÞो छ ।

अष्ट्रेलियाको जिडिपीमा सर्वाधिक महत्व राख्रे पर्यटन, अन्तरराष्ट्रीय व्यापार र अन्तरराष्ट्रीय विद्यार्थीहरुको असहजताका कारण यसबाट पर्ने चक्रीय असर रोजÞगार, सामाजिक सुरक्षामा आगामी दिनमा पर्ने निश्चित छ । यो महामारी बाट जागिर गुमेका आफÞना नागरिकका लागि, खÞास गरी पतिपत्नी दुवैको वा एकको जागिर रहेता पनि निश्चित मापदण्ड भंदा आय न्यून भएमा त्यस्ताका निमित्त नियमित सहयोगको लागि अभिलेख तयार गर्न थालिसकेको छ । कामकाजी महिलाहरुको बच्चाहरुको चाइल्डकीयर,  नर्सरीको शुल्क सरकारले तिरेर सकभर काम गरुन भनि प्रेरित गरिएको छ । यसले घरमा बसी सरकारको सहयोग लिनु राम्रो कि कामगरी बच्चाबच्चीको शुल्क तिर्न ठीक,  तुलना गरी काम गर्न आमाहरू उत्सुक हुन्छन् । जस्को कारण परिवारको आयाश्रोत वृद्धि भै राजस्व बढ्ने मात्र होईन कि जनताको क्रयशक्ति अभिवृद्धि भै समाज उभो लाग्ने सम्भावना रहन्छ।

उपरोक्त अवसर र चुनौतिका कारण आमाको काखमा लुटपुटिएर बस्न मेरो नाति माव्यानलाई जुर्दैन। उ शिशु स्याहार केन्द्र जानु पर्ने वाध्यता नै छ । जनवरीको तेस्रो साताको बिहिवार पनि आईपुग्यो । गाडीमा पछिल्लो सिटमा बाँधिएको बेबी सिटमा त्यो दिन पनि रमाएरै बस्यो । गाडीमा बसेर सयर गर्न उसलाई असाध्यै मन पर्छ । गाडीमा बसेर रंगीबिरंगी थरिथरिका गाडी हेर्न उसलाई बानी नै परेको छ । घरबाट निस्किएको पाँचै मिनटमा लिटल ज्याक्स एकेडेमीको गेट आइपुगी हाल्छ । गेट देख्नासाथ उसको अनुहार एकाएक मलिन हुन्छ, भर्खर सम्म रहेको उ भित्रका बालसुलभ खुसी लोप हुन्छन् । जब बेवी सिटबाट उचालेर उसको बुवाले शिशु स्याहार केन्द्रकी शिक्षिकाको हात पकडाई दिन्छन, एक्कासी  माव्यान भएभरको स्वरले चिच्याउछ (“सेभ मी ममी, सेभ ....”   कामकाजी आमाको गाडी कामतिर दौडिसकेको हुन्छ । बुवा गम्भीर छन्, दुवै निशब्द हुन्छन् । “सेभ मी ममी, सेभ .... ” उनीहरुको कानमा जोडजोडले गुन्जिरहेको हुन्छ । आमाको आँखाबाट आंशु झर्दै हुन्छ बाबुका आँखा रसिला ।

अब बिस्तारै, समयको गति सगैं माव्यान अभ्यस्त हुदैछ । आफु जस्तै कामकाजी आमाका बालकहरू उसका साथीसंगी बन्दैछन् । अहिले आफ्नी गुरूआमासँग रंग पोत्न सिक्दै छ । म सोच्दै छु त्यो दुई वर्षको बालकले  ‘सेभ मी ममी’ भन्न कसरी सिक्यो होला । प्रकृति अपराम छ ।


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment