Friday, 16 April, 2021    |    २०७८ बैशाख ३ गते , शुक्रवार

कपिलबस्तुकाे सीमा क्षाेत्रबाट तस्करी माैलाइरहेकाे स्थानीय बासीकाे गुनासाे


२०७७ फाल्गुन १५ गते , शनिवार प्रकाशित

uploads/media/

जिल्लाको कृष्णनगर,कुकरभुकवा,ठकुरापुर, महादेव,बरइपुर,सिर्सिहवा,महादेव,गेडूवाजोत,कुशहवा बढ़नी,भिल्मी,डालपुर नौरंगिया लगायत क्षेत्रका सीमाबाट तस्करी मौलाएको स्थानीयबासीले बताए।

 उक्त क्षेत्रहरुबाट काठ,कुखुरा चल्ला,माछा, रागा,पाडा,खसी बोका,गाेरू डिजल पेट्रोल,मोटरपार्टस्,गुटखा, कपड़ा,ह लगायतका सामान तस्करी भइ आउने जाने काम जारी नै रहेको स्थानीयले बताउछन्र।

 केही समय अगाडिदेखि पटक पटक विभिन्न संचार माध्यममा समाचार आउदा र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदा समेत तस्करीमा कमी नअाउने गैर जिम्मेवारीपन प्रष्ट रुपमा झल्किएको देख्न सकिन्छ।

 खुल्ला सिमानाका कारण तस्करहरु मौकाछोपी र कहिलेकाँही सबैको मिलोमतोमा नै समेत तस्करी मौलाएको हुन सकने स्थानीयले बताएका छन्।

 रांगा तस्करीमा भारतबाट ल्याइ नेपाल भारतका विभिन्न सीमा नाका बाट ल्याइ कपिलवस्तुको बहादुरगंज आसपासका क्षेत्रमा ल्याइ गोठ बनाइ स्टोर गरेर सोमवार लगायत अन्य दिनमा बजारबाट लोड गरी लैजाने गरेको श्रोतद्वारा जानकारी प्राप्त भएको छ।

बजारबाट गाडीमा लोड गरी लै जादा ढुवानी मापदण्ड समेतको ख्याल न गरेको श्रोतद्वारा जानकारी प्राप्त भएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक सूचना अधिकारी तथा प्रबक्ता राजु अर्यालसग काठ,कपड़ा,रांगा तस्करी लगायत अन्य तस्करीको सम्बन्धमा कुरा गर्दा उहाले अब मै तस्करी सम्बन्धमा बुझ्ने र रेकर्डहरु मेरो whatsaapमा पठाउनु होला भने

सशस्त्र  प्रहरी बल नेपाल न.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका ।(बाहिनिपती )सशस्त्र  प्रहरी नायब महानिरीक्षक किशोर प्रधान संग तस्करी सम्बन्धमा बुझ्न खोज्दा पहिला ४-५पटक फोन गर्दा उठेन र पछि फोन उठ्दा तस्करी रोक्न आफूहरु पूर्ण रुपमा कोसिस गरिरहे को बताउदै खुल्ला सिमा नाकाका कारण अर्को ठांउमा डिउटी हुदै अर्को ठाउबाट तस्करी हुन सक्ने र हाम्रो संगठनको चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्य रहेको हामी तस्करी रोक्न एकदमै लागि परेका छौ र बिओपी अलि दूरीमा रहेकोले समस्या भएको बताए बिओपी थप ठांउमा स्थापना हुने र स्थानिए र अन्यले सूचना दिने भए हामी अझै राम्रो ढंगले तस्करी रोक्न सफल हुने बताए।

हामी लकडाउन पछि राजस्व चुहावट नियन्त्रण गरेको राजस्व बढ़ी संकलन गरेको समेत दाबी गर्नु भयो चोरी तस्करीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको कोहि कसैलाई पनि न छोड्ने बताए।

कपिलवस्तु जिल्लाका सशस्त्र प्रहरी उपरिक्षक ध्रुव बहादूर कार्की संग तस्करी नियन्त्रणको सन्दर्भमा कुरा गर्दा रात्रीको समयमा समेतटोली खटाएर चोरी तस्करी नियन्त्रण गर्दै आएको र अफ्नो मतहतमा रहेका यूनिट लाई चोरी तस्करी रोक्ना कड़ा रुपमा निर्देशन दिएको समेत बताएका छन्।

 


लोकप्रिय


    Warning: Invalid argument supplied for foreach() in /home/nepalpatranews34/public_html/files/single-content.php on line 86
uploads/media/img-4.gif

सम्बन्धित समाचार


Leave a Comment