Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

लक्ष्मी बैंकको अगुवाईमा माथिल्लो पिलुवा खोला हाइड्रोमा लगानी


२०७७ फाल्गुन ११ गते , मंगलवार प्रकाशित

uploads/media/

माबिलुङ्ग इनर्जीले निर्माण गर्न लागेको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा र माच्छापुच्छ्रे बैंकको सहवित्तीयकरण अन्तर्गत लगानी हुने भएको छ । 

माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि.को अगुवाईमा माच्छापुच्छ्रे बैंक गरी दुई वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ । 

जसका लागि लक्ष्मी बैंकले रु.३९ करोड ९९ लाख र माच्छापुच्छ्रे बैंकले रु.२५ करोड ६० लाख कर्जा लगानी गर्ने भएका हुन् । आयोजनामा बैंकहरुको लागतको ७० प्रतिशत अर्थात् ६५ करोड ५९ लाख रुपैया र बाँकी ३० प्रतिशत कम्पनीको स्वःलगानी  रहनेछ । 

माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्द्धन गरेका छन् । 

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । आयोजना फेब्रुअरी  २०२२ बाट सञ्चालनमा आउने जनाइएकाे छ ।

लोकप्रिय