समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले रकम फिर्ता पाउन थालेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पीडित सदस्यको बैंक खातामा नै फिर्ता रकम जम्मा गराउन थालेको छ ।
समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बचत फिर्ताका लागि आइतबार २० जना सदस्यले आवश्यक कागजात पेशको र बाँकीको आउने क्रम जारी रहेको उल्लेख गरे ।
पहिलो चरणमा ९० जनाले ५० हजारसम्मको बचत रकम फिर्ता पाउने भएका छन् ।
समितिले फागुन महिनाको अन्तिम साताबाट अशक्त, विरामी र ठूला बचतकर्ताको समेत रकम फिर्ता गर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको संयोजक पौडेलले बताए । “ऋणीहरुले रकम जम्मा गर्न समितिमा आइरहेका छन् आज मात्रै १३ लाख रकम जम्मा भयो” उनले भने, “विगतमा ब्याज र हर्जाना गरी संस्थाहरुले ऋणीबाट २४ प्रतिशतसम्म ब्याज उठाउँदै आएको भएपनि समितिले सहमतिको आधारमा प्रचलित बैंकिङ दरको साँवाव्याज असुली गरिरहेका छौं ।
२० देखि २५ जनाको कागजतपत्र संकलन भएपछि लटलटमा समितिले बचतकर्ताका खातामा रकम जम्मा गरिदिँदै जाने भएको छ ।