Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

सम्पूर्ण सदस्यको दुर्घटना बिमा गर्दै मिलिजुली कालिञ्चोक साकोस


२०७७ फाल्गुन १० गते , सोमवार प्रकाशित

uploads/media/

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । बिमाको लागि संस्थाले प्रभु इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको प्रतिव्यक्ति ५० हजार रुपैया बराबरको दुर्घटना बिमा गरिन लागेको हो ।

सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा, स्थायी पूर्ण अशक्तता भएमा, हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार पाउने गरी दुर्घटना बिमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । बिमा वापत सदस्यले कुनै पनि रकम बुझाउनु नपर्ने न्यौपानेले बताए।

सहकारीको तर्फबाट अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्सको तर्फबाट चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।   उक्त सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत लगायत अधिकृत कर्मचारीहरु उपस्थिति रहेको थियो ।

संस्थाको कुल वासलात १ अर्ब २२ बरोड १० लाख ८२ हजार ७ सय ७ रुपैयाँ रहेको छ । संस्थाले ८५ करोड ८२ लाख १२ हजार ७ सय ८६ रुपैयाँ बचत संकलन गरी ९६ करोड ६६ लाख ६८ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी गरेको छ । 

लोकप्रिय