Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

बरिष्ठ बैज्ञानिक धानबाली बिशेषज्ञ भोलामानसिंह बस्नेतसँग चार किसान संगठनका नेताहरुको भेट


२०७७ फाल्गुन १० गते , सोमवार प्रकाशित

uploads/media/

देशका बरिष्ठ बैज्ञानिक धानबाली बिशेषज्ञ भोलामानसिंह बस्नेतसँग चार किसान संगठनका नेताहरुले भेट गरी नेपाली कृषि र किसानका समस्या समाधानका बारेमा गहन छलफल गरेका छन् । 

कोटेश्वरमा हिजो बिहान भएको बैठकमा बरिष्ठ बैज्ञानिक बस्नेतले साच्चै नै कृषि र किसानका समस्या हल गरेर देशमा कृषिमा उन्नति ल्याउन दृढ अठोट गर्ने हो ने खाद्यान्न आयात गर्ने स्थितिबाट हामी मुक्त मात्र हुँदैनौ किसानको जीवन स्तर उठ्ने औद्योगिकरणका लागि दीगो आधार तयार हुनेहुँदा बेरोजगारीको समस्या पनि हल भएर जाने कुरा तथ्यपरकरुपमा बताए । उनले सुख्खा, डुबान क्षेत्र र पानी लाग्ने क्षेत्र सबैमा फल्ने र राम्रो प्रतिफल दिने धानका उन्नत जात पनि तयार भइसकेकोल धान बाली नै पर्याप्त उब्जिन सक्ने स्थिति छ । त्यसमाथि मकै, गहुँ, जौं,कोदो फापर समेत लगाउने र हाम्रो खानेबानी(फूड ह्याबिट) मा सुधार ल्याउने हो भने खाद्य सुरक्षा र खाद्य सम्प्रभूताको पनि सार्थकरुपमा परिपालना हुने, खाद्यान्न र कृषिजन्य अन्य चीजबस्तु आयात गरिदा खर्च हुने खरबौं रुपैया जोगिने त्यसलाई शिक्षा, स्वास्थ्य, बातावरण सुधारेर देशको समग्र बिकासमा टेवा पुग्ने, किसानको क्रयशक्ति बढ्ने, राष्ट्रिय औद्योगिकरणको दीगो आधार तयार हुने समेत बैज्ञानिक बस्नेतले प्रष्ट पारेका थिए ।


छलफल कार्यक्रमा अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग र फ्याक्ट नेपालका सचिव गंगादेबी राई सहभागी रहेका थिए ।

लोकप्रिय