शहबाज खान, कपिलवस्तु
अल कलाम पब्लिक स्कूल बहादुरगंजद्वारा आयोजित क्रिकेट टूर्नामेंट प्रतियोगिताको उपाधि अल कलाम पब्लिक स्कूलले जितेको छ।
कपिलवस्तुको बहादूरगञ्जमा शनिवार भएको फाइनल प्रतियोगिताको उपाधि अल कलाम पब्लिक स्कूल टिमले भारतको कोटिया टिम लाई ४ विकेटले पराजित गरी हासिल गरेको हो ।
टस जितेर पहिला ब्याटिंग रोजेको कोटिया टिम ले निर्धारित १५ ओभर मा ३ विकेट गुमाएर २२२ रनको लक्ष्य दिएको थियो ।
कोटिया टिमको विपक्षमा खेल्दै अल कलाम पब्लिक स्कूल टिमका खेलाडी कमलेशले लगातार ब्याटिंग गरि १३ छक्का र एक चौक्काको मदतले ९१ रन बनाएर १४.२ ओभरमा ६ विकेट गुमाई प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल अल कलाम पब्लिक स्कूल टिमका कमलेशले म्यान आफ द म्याच पाएका थिए भने म्यान अफ द सीरिज श्रीकांत ले पाएका थिए।
फाइनलका विजेतालाई ४० हजार रुपैया र उपविजेता लाई २० हजार नगद पुरस्कार आयोजक समितिको तर्फबाट प्रदान गरिएको थियो । अतिथि जसपा नेता रविदत्त मिश्रा र समाजसेवी तथा पूर्व प्रधान शिवप्रसाद जयसवालले संयुक्त रुपमा पुरस्कार हस्तांतरण का थिए।
कार्यक्रममा जसपा नेता मिश्राले नेपालमा क्रमश खेलकूदको विकास भइरहेकोले राज्यले ध्यान दिनु पर्नेमा जोड़ दिए युवाहरुमा पछिल्लो समय खेलकुद प्रतिको लगाव बढ्दै गएकोमा खुशी पनि व्यक्त गरे।
पूर्व प्रधान जयसवालले आयोजक समितिलाई टूर्नामेन्ट आयोजना गरकोमा धन्यवाद दिँदै यस प्रकारका खेलकूद कार्यक्रमको आयोजना गर्दा युवा तथा खेलाडीहरुको मनोबल बढ्नुका साथै युवाहरुको स्वास्थ्य पनि सबल हुने बताए।