Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

महिला हत्या हिंसाविरुध्द उत्रिए ६ महिला संगठन


२०७७ फाल्गुन ८ गते , शनिवार प्रकाशित

uploads/media/

बैतडिकी किशाेरी भागिरथी भट्ट लगायत देशैभरी नेपाली महिलामाथि भइरहेका हत्या,बलात्कार र उत्पीडनका विरुध्द हिजाे राजधानीमा  संयुक्त महिला संघर्ष समितिकाे तत्वाबधानमा ६ महिला सशंगठनले बिराेध प्रदर्शन गरे ।           

शान्ति बाटीकाबाट शुरु भएकाे बिराेध जुलुस भाेटाहिटी,असन, इन्द्रचाेक, हनुमानढोका हुँदै बसन्तपुरमा पुगेर कनेणसभामा परिणत भएकाे थियाे।                                         

विराेध सभामा महिला वक्ताहरु अनेमसं अध्यक्ष मिना पुन, अखिल नेपाल महिला यूनियन अध्यक्ष सीता सुवेदी,अनेमसंघ(क्रान्तिकारी) अध्यक्ष अम्बिका मुडभरी, अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु  चन्द ,  बैज्ञानिक समाजबादी महिला संगठन संयाेजक धनकुमारी सुनार र नेपाल महिला फेडरेसन सचिव आशा महर्जनहरुले महिलामाथि निरन्तर भइरहेका बलात्कार, हत्या, हिंसा लगायतका उत्पीडन र त्यसप्रति सरकारकाे ढाकछोप गर्ने प्रबृत्ति, उदासीनता तथा गैरजिम्मेवार प्रबृत्तिकाे घाेर भर्त्सना गर्दै अपराधीहरुलाई सार्वजनिक गर्न र कडा कार्बाही गर्न जाेडदार माग गरेका थिए ।

लोकप्रिय