सरकारले प्रतिबन्ध लगाएकाे विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले उचित वातावरण बनाए वार्ताका लागि सकारात्मक रहेकाे एक वक्तव्य सार्वजिनक गर्दै जनाएकाे छ ।
पार्टीका महसचिव नेत्रविक्रम चन्द (विप्लव) द्वारा प्रकाशित बक्तब्यमा भनिएकाे छ -" हाम्रो क्रान्ति,राष्ट्र,समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हितका लागि गरिएकाे सचेत पहल हाे । यसकाे प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेकाे विषय सबैमा जानकारी गराउदछाैं ।"