Tuesday, 02 March, 2021    |    २०७७ फाल्गुन १८ गते , मंगलवार

रणनैतिक संयुक्त मोर्चाका नेता भूषाललाई रिहाई गर्न माग


२०७७ फाल्गुन ७ गते , शुक्रवार प्रकाशित

uploads/media/

काठमाडौँ । रणनैतिक संयुक्त मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गदै सरकारसँग नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । 

 मोर्चाले सरकारको फासिवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै नेता भूषालको रिहाईको माग गरेको हो । 

पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्य ऋषिराम कट्टेलले व्यक्तिलाइ स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ति राख्न समेत नदिएको भन्दै सरकारको यस्तो कदमले देशलाई अर्को युद्ध निम्त्याउने बताए ।



 यसैगरी पत्रकार सम्मेलनमा अर्का केन्द्रीय सदस्य रामसिंह श्रीसले क्रान्तिकारीहरुको एकताबाट सरकार तर्सिएको भन्दै यो हर्कत सरकारको हतास मानसिकताको उपज रहेको बताएका थिए । केही कार्यनीतिमा मात्रै मोर्चागत हुँदै आएका पार्टीहरुले यो सरकारको विकल्पमा संयुक्त सरकार गठन गर्ने र पार्टी एकतासम्म पुग्ने उद्देश्यकाुाग गएको माघ २९ गते चार कम्युनिस्ट पार्टीले यो मोर्चागत एकता गरेका थिए । 


पक्राउ गरी  भैरहवामा राखिएका भनिएका  नेता भुषाल र उनीसँगै पक्राउ परेका देबबहादुर केसीको अवस्था बुझ्न रणनैतिक मोर्चाका केन्द्रीय सदस्य, मानवअधिकारकर्मी, वकिल र पत्रकारको समूह पत्रकार सम्मेलन पछि लगत्तै जिल्ला प्रहरी कार्यालय भैरहवमा पुग्दा त्यहाँ भुषाल नरहेको भन्दै प्रहरी प्रमुख एसपी प्रविन पोख्रेलले भुषालका देशभर ५ बटा मुद्दा रहेको र उनलाई काठमाडौँ पठाइएको जानकारी दिएको बताइएको छ । तर काठमाडौँ कहाँ राखिएको हो त्यसबारे पनि  प्रहरी स्रोतले परिवारलाई समेत जानकारी नदिएको बुझिएको छ ।


लोकप्रिय