महालक्ष्मी विकास बैंकले काठमाडौं जयवागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न पाँच लाख रुपैया सहयोग गरेको छ ।
बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई रु. पाँच लाखको चेक हस्तान्तरण गरिन् । त्यस अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकालाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत दिएकी थिइन् ।
देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
बाल सारथीले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले अनाथ तथा विपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको छ ।